शुक्रबार, वैशाख १४, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. तन्जानियामा एउटा ट्याङ्करबाट चुहिएको तेल जम्मा गर्न स्थानीय व्यक्तिहरु भेला भएका बेला ट्याङ्र विस्फोट भई आगलागी भएपछि ५७ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तन्जानियाको मोरोगोरो शहरको मुख्य राजमार्गमा इन्धन बोकेको एउटा ट्यांकर पल्टिएको थियो ।

पल्टिएको ट्यांकरबाट तेल चुहिन थालेपछि उक्त तेल आ–आफ्ना भाँडामा थापेर लैजान स्थानीय बासिन्दाको घुइँचो लाग्यो। त्यसैबेला ठूलो आवाजसहित उक्त ट्यांकरमा आगो लाग्दा ठूलो संख्यामा स्थानीबासीहरु आगोको लपेटामा आई ज्यान गुमाएका हुन् ।

२.चीनमा अचानक आएको ताइफुन आँधीले १३ जनाको मृत्यु भएको छ। लेकिमा नामको आँधीका कारण दशौं लाख मानिस विस्थापित भएका छन्।

आँधीसँगै आएको पहिरोमा परेर १६ जना हराइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। लेकिमा आँधीले आज (शनिबार) बिहानैदेखि ताइबानसँगको सीमा जोडिएको आर्थिक राजधानी मानिने साङ्घाईको वेन्लिङ क्षेत्रमा बाढी र पहिरो निम्त्याएको अधिकारीहरुले जनाएका छन्।

३. डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् । डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए ।

४.अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । 

पछिल्लो पटक टेक्सास राज्यको एल पासोको वाल्मार्टमा सन् २०१९ अगष्ट ३ मा एक व्यक्तिले गोली चलाउँदा २२ जनाको मृत्यु भएको भोलिपल्टै ओहायो राज्यको डेटनमा ९ जनाको सामूहिक हत्या भयो । 

५. अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो । 

‘आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन् ।’
पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई शनिबार बताए । लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो । पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । 

६. रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ । तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो । 

यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको मृत्यु भएको र अरु तीन जना घाइते भएको उल्लेख छ ।

७. भारतीय जनता पार्टीका नेता एवं पूर्व वित्तमन्त्री अरुण जेटलीलाई आईसीयूमा भर्ना गरिएको छ। शुक्रबार बिशान चेकअपको लागि दिल्लीस्थित एम्स अस्पताल पुगेका जेटलीलाई आईसीयू भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

एम्स अस्पतालले समेत एक विज्ञप्ति जारी गर्दै जेटली आईसीयूमा भर्ना भएको पुष्टि गरेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। उनको उपचारमा एंडोक्रिनोलोजिस्ट नेफ्रोलोजिस्ट र कार्डियोलोजिस्ट  डाक्टर सहभागी छन्।
Image result for arun jaitley news
८. जर्मनीका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रिर्चड ग्रेनलले जर्मनीले गर्दै आएको प्रतिरक्षा सम्बन्धी खर्च प्रति भत्र्सना गरेका छन् ।
यसप्रति उनले आक्रोश व्यक्त गर्दै जर्मनीमा रहेको अमेरिकी सैन्य बेश कुनै पनि बेला हटाउन सकिने पनि बताएका छन् ।
Image result for us ambassador to germany
९. चीन थाइल्याण्ड संयुक्त अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्द्रले प्राकृतिक चिकित्सा विज्ञान र भेसज विज्ञानको संयुक्त अध्ययन अनुसन्धान गर्ने दुबै मुलुकका विज्ञहरुले बताएका छन् ।

१०. कश्मीरबारे आफ्नो धारणा कहिल्यै परिवर्तन नहुने अमेरिकाले बताएको छ ।

भारतले भर्खरै कश्मीरलाई केन्द्र शासनमा ल्याएपछि ह्वाईट हाउसको यस्तो धारणा सार्वजनिक भएको हो ।

अमेरिकी परराष्ट्र मन्त्रालयका प्रवक्ता मोर्गन ओर्तागसले कश्मीर अत्यन्तै महत्वपूर्ण विषय भएको र आफूहरुले त्यहाँ भएका गतिविधिलाई नजिकबाट नियाली रहेको बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।