शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वैद्य नेतृत्वको माओवादीद्वारा हरैया शिविर कब्जा : दुई पक्राउ

वैद्य नेतृत्वको माओवादीद्वारा हरैया शिविर कब्जा : दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- लामो समय देखि बिबादित कैलालीको हरैया शिविर मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कब्जा गरेको छ।

भुमाफीया, दलाल र केही पार्टीका नेताहरुकै संग्लनतामा द्वन्द्धकालमा बसाईएका सुकुम्वासीलाई हटाईएको भन्दै बैद्य माओवादीले पुनः शिविर कब्जा गरेको हो।

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले पार्टीका कैलाली जिल्ला अध्यक्ष रामवहादुर केसी लगायतका नेताहरु शिविर पुगेर झण्डा गाड्दै शिविर कब्जा गरिएको बताए।

उनले शिविर कब्जा गर्दै फेरि पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको बताए। द्वन्द्वकालमा तत्कालिन माओवादीले हरैया शिविरमा सुकुम्वासीलाई बसालेको थियो । पछि उक्त जग्गा बिक्रि भएपछि सुकुम्बासीलाई बल प्रयोग गर्दै हटाईएको थियो।   

हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ। सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो। 

जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। जग्गा बिक्रीपछि ती नेताकै मिलोमतोमा हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो।

हरैया शिविर कब्जा गर्ने दुई जना पक्राउ 

यस्तै हरैया शिविर कब्जा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना पक्राउ परेका छन्। मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का दुई कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सचिवालय सदस्य गोदावरी नगरपालिका–१ का टंक कोईराला र ६ का नन्दे आउजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।