शनिबार, वैशाख १५, २०८१

रेकर्ड राख्दै सुन : एक सातामै चार हजारले बढ्यो मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सुनले दैनिक रुपमा रेकर्ड बनाइरहेको छ। एक हप्तामा प्रतितोला सुनको मूल्य साढे चार हजार रुपैयाँ बढेर ६९ हजार ५०० पुगेको छ।

साउन १५ मा सुन प्रतितोला ६५ हजार ४०० सय रुपैयाँमा कारोबार भएको सुुन साउन १६ मा एक सय रुपैयाँ मात्र बढेको छ भने १७ मा ८०० रुपैयाँ बढेको छ।

त्यस्तै १९ गते ५०० बढेको सुन २० गते भने एकैदिन १५ सय रुपैयाँ बढ्यो। २१ गते २०० बढेको सुन २२ गते एकैपटक १५ सय रुपैयाँले बढेर साढे ६९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

किन बढ्यो मूल्य ? 

यसरी लगातार रुपमा सुन अस्वाभाविक रुपमा बढेको यो पहिलो पटक हो। बुधबारका लागि तोकिएको सुनको बजार मूल्य नेपालमा हालसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अमेरिका र इरानबीच बढ्दो तनाब, अमेरिका चीनबीचको व्यापार युद्ध तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौती जस्ता कारणले सुनको मूल्य आकाशिएको अर्थविद्को भनाइ छ।

चीन र अमेरिकाको व्यापार युद्ध, अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध, अमेरिकाको केन्द्रीय बैंकले व्याजदर ०.७ प्रतिशतसम्म घटाउन लागेपछि लगानीकर्ताहरुले सुनजत्तिको सुरक्षित अन्य नदेखेपछि सुनमा लगानी गर्न थाल्दा मूल्य बढेको अर्थविद् डा.चन्द्रमणी अधिकारीको भनाइ रहेको छ। 

उनका अनुसार अर्थशास्त्रको सामान्य सिद्धान्त बमोजिम माग बढ्दा र सप्लाई कम हुँदा मूल्य बढ्छ। सोही अनुसार सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिका र चाइनाबीचमा भएको विवाद बिनानिष्कर्षमा पुगेपछि अमेरिकी राष्ट्रपतिले १० प्रतिशत कर लगाएपछि आर्थिक बजारमा त्यसको हलचल भई सुनको मूल्य बढ्न पुगेको दाबी गर्छन्। 

उनका अनुसार सेयर मार्केटको लगानी सुनमा आएकाले पनि मूल्य बढ्दै गएको हो। मूल्य लगातार बढ्दै गएपछि पछिल्लो समय सुनमा लगानीकर्ता आकर्षित हुँदै गएका छन्। नेपालको सुन बजार अन्तर्राष्ट्रिय बजारमा नै निर्भर हुने गरेको छ। अन्तर्राष्ट्रियस्तरमा सुनको मूल्य बढेमा बढ्ने र घटेमा घट्ने गरेको छ।
 
मूल्य बढेपछि ग्राहक कम 

सुनको मूल्य अत्यधिक बढ्दै गएपछि सुन किन्ने ग्राहकहरुसमेत घट्दै गएका छन्। दैनिक ४० किलोको हाराहारीमा बिक्री हुने सुन अहिले मूल्य बढेकाले दैनिक १० किलोमा सीमित रहेको व्यवसायीहरू बताउँछन्। 

सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहकको भीडभाड धेरै हुने गर्छ। पुराना सुन बेच्नेहरुको चाप न्युरोड तिर रहेपनि सुन किन्नका लागि पसलेहरु हिचकिचाइ रहेका छन् भने कतिपयले त पुराना गहना नकिन्ने नीति नै बनाएका छन्। 

सधैंजसो भिडभाड हुने न्युरोडका सुनपसलहरु सुनसान जस्तै भएका छन्। मूल्य बढेसँगै वाणिज्य बैंकहरूसँग ३४ किलो सुन स्टक रहेको छ। सुनको मूल्य बढ्दै गएपछि सुन व्यवसायीले सुन खरिद गर्न छाडेकाले बैंकमा सो सुन थुप्रिएको हो। 

महासंघका पुर्वअध्यक्ष शाक्यका अनुसार सुनको मूल्य बढेसँगै स्थानीय बजारमा सुनको कारोबार २५ प्रतिशत पनि छैन। जसका कारणले व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै धौधौ पर्ने अवस्था आएको छ।

मूल्य बढेकाले बजार सुनसान अवस्थामा छ। पुराना पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गर्छन्। बजारमा बिक्री छैन, खरिदमात्र भइरहेको छ। जसले गर्दा व्यवसायीसँग पर्याप्त मात्रामा सुन स्टक छ। तीजमा माग आउँछ कि भन्ने आशामा व्यवसायीहरू बसेका छन्। 

नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव

अर्थविद् डा.चन्द्रमणी अधिकारीले सुनको मूल्यमात्र नभएर अहिले डलरको मूल्यसमेत बढ्ने सम्भावना रहेको छ। अमेरिकी रिजर्भ बैंंकले ब्याजदर घटाएको छ। आफ्नो रकममा व्याज नपाउने भएपछि त्यहाँका निक्षेपकर्ताहरुले लगानीको अन्य ठाउँ खोज्छन् त्यो भनेको सुन हो उनले भने,‘त्यसैले सुनमा लगानी बढ्दा मूल्य बढेको हो।’ 

“सुनको सबैभन्दा ठूलो बजार भनेको भारत हो। त्यसैले डलर र सुनको मूल्य मा उतारचढाव आउने वित्तिकै भारतमा असर पर्छ र त्यसको नकारात्मक असर नेपालमा पनि पर्छ। सुन र डलरको मूल्य  एक अर्कासँग अन्तरसम्बन्धीत रहेको हुन्छ।

नेपालको ६४ प्रतिशत व्यापार भारतसँग निर्भर छ भने हामीले डलर नै तिरेर भारु किन्ने भएकोले पनि आयातित सामग्रीहरु महंगिने सम्भावना हुन्छ। विश्व अर्थतन्त्रलाई चलायमान गर्ने चारवटा प्रमुख क्षेत्र छन्। जसमा सुन, तेल, अमेरिकी डलर र सेयर मार्केट पर्छन्। विश्वमै सेयर बजार अस्थिर भएर गएको छ।” डा.अधिकारीले भने।
 
“अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धले तेलको मूल्य अस्थिर बनाइदियो। अमेरिका र चीनका बीचमा व्यापारयुद्ध चलिरहेको छ। विश्वभरका लगानीकर्ताहरुले लगानीको लागि सुरक्षित गन्तव्य खोजेका छन्।” डा.अधिकारीले भने, “अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेकाले पनि सुनमा लगानी गर्न थाले। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा पनि कम आपूर्ति हुन्छ जसले गर्दा सुनको व्यापार बढ्छ।”

“सुन बढ्दा अवैध व्यापारले प्रश्रय पाउँछ। मानिसहरूले सुनमा धेरै लगानी गर्ने र चोरी–तस्करी बढ्ने हुँदा भएको पैसा पनि अनौपचारिक र भूमिगत अर्थतन्त्र विस्तारमा यसले सघाउ पुरयाउँछ। भूमिगत अर्थतन्त्र बढ्ने, वैदेशिक मुद्रा बढी बाहिर जाने सम्भावना पनि हुन्छ।”, डा. अधिकारीले स्पष्ट पारे। 

त्यसैगरी महासंघका पूर्वअध्यक्ष शाक्य लामो समयसम्म मूल्य बढेको बढ्यै भयो भने व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै कठिन हुने बताउँछन्। ‘व्यवसायीहरुको व्यवसाय नै चौपट भयो भने त्यसको असर अर्थतन्त्रमा त परि नै हाल्छ’, शाक्यले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।