शनिबार, वैशाख १५, २०८१

सङ्गठित अपराध मुद्दामा विप्लवका नेता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नवलपरासी- सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) एक जिल्ला नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई मंगलबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना ४ ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए ।

यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पुर्‍याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । (रासस)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।