शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नगरपालिका कार्यालय सारिएपछि झडप, उपमेयरसहित पाँच घाइते

नगरपालिका कार्यालय सारिएपछि झडप, उपमेयरसहित पाँच घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – धनुषाको हंसपुर नगरपालिकाको कार्यालय सारिएपछि उत्पत्र विवाद उत्कर्षमा पुगेको छ। साबिकमा बघचौरामा रहेको कार्यालय मेयर रामज्ञान मण्डलले नगरपालिकाको बेल्ही चोकमा सारेर लगेपछि विवाद बढेको हो।

कार्यालय सारिएपनि कागजपत्रलगायत अन्य सामग्रीहरु भने साबिककै कार्यालयमा छ। मेयर मण्डलले साबिकको कार्यालयमा रहेका कागजपत्रहरु लिन मानिस पठाएपछि झडप भएको छ। प्रहरीसहितको टोली लिएर कागजपत्र लिन पुगेका मेयर पक्षधर र कार्यालय सार्न नहुने उपमेयर रेणु झा समर्थकबीच झडप भएको हो।

झडपको क्रममा उपमेयर झा वडा नम्बर २ का अध्यक्ष उदयकुमार साह, स्थानीय फेकन कापडसहित पाँचजना घाइते भएको स्थानीयले बताएका छन्। यसैगरी दुबै पक्षबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

मेयर मण्डलले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालन गरेको बताउँदै आइरहेका छन्। साविकको कार्यालयमा ठाउँ अपुग भएपछि बेल्ही चोकमा कार्यालय सार्नुपरेको उनको भनाइ छ।
  
तर मेयर मण्डलले बिना निर्णय कार्यालय सारेर लगेको भन्दै उपमेयर झा असन्तुष्ट बनेकी छिन्। मेयर मण्डलले बेल्ही चोकमा कार्यालय सारेर लगेपनि उपमेयर झा भने साबिककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आइरहेकी छिन्।

मेयर मण्डल र उपमेयर झा दुबैजना राजपाबाट निर्वाचित हुन्। तर निर्वाचित भएको केही दिन नबित्दै दुबैजनाबीच विवाद सुरु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।