शनिबार, वैशाख १५, २०८१

‘औचित्य पुष्टि गरेमात्र संविधान संशोधन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औचित्य पुष्टि गरेमात्र संविधान संशोधन हुने स्पष्ट पारेका छन्। मधेश केन्द्रीत दलहरुले संविधान संशोधन गर्न माग गरिरहेको बेला मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

मंगलबार नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले समयको माग, आवश्यकता र औचित्य पुष्टि भएपछि मात्र संविधान संशोधन हुने स्पष्ट पारे। उनले भने, ‘संविधान कुनै गीता, रामायण वा कुनै धर्मग्रन्थ होइन। औचित्य पुष्टि भएसँगै संशोधन हुन्छ। ढुक्क भएर बस्नुस।’

संघीय सरकारले प्रदेश २ को विकासका लागि सबैभन्दा बढी लगानी गरेको उनको दाबी थियो। प्रदेश २ मा नेपाल रेलवे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्गलगायतका विकास निर्माणका कार्य सरकारले सञ्चालनमा ल्याएको उनले बताए।

वर्तमान सरकार प्रगति, अग्रगती र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै बाँस्कोटाले पाँच वर्षभित्र मुलुक विकास निर्माणतर्फ फड्को मार्ने दाबी गरे।

फरक प्रसंगमा पूर्वाग्रही भएर कलम नचलाउन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्। ‘राम्रोलाई राम्रो र खराबलाई खराब भन्नुस्। तर तथ्यपरक ढंगले मात्र समाचार सम्प्रेषण गर्नुस,’ उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।