शनिबार, वैशाख १५, २०८१

नेकपामा ‘जबज’ ले घटायो गौतम र पोखरेलको दूरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - लामो समयदेखि तितो सम्बन्ध भएका नेकपा सचिवालय सदस्य वामदेव गौतम र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच अहिले दूरी नजिकएको छ। गौतम जनताको बहुदलीय जनवादका पक्षमा उभिएपछि दूरी घटेको हो। 

गौतमले जबजबारे भनेका छन्, ‘राजनीतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो बहुलवादी खुला समाज।’

पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापाले पनि गौतम र पोखरेलबीच जबजमा विचार मिलेको स्वीकार गरेका छन्। उनी भन्छन्, ‘उहाँ सन्तुलनकारी विचारभन्दा बढी प्रायः हाइजम्प, लङ्जम्प र ट्रिपलजम्प हान्नुहुन्छ र पो ! त्यसैकारण कहिले जबज विश्वब्रह्माण्डभरि लागू हुन्छ त कहिले अब समाजवाद नै हो, जबजको काम छैन भनेको सुन्न सकिन्छ। यसपालि  सन्तुलित व्याख्या र विश्लेषण गर्नुभएको छ। कतिपय असहमतिका बाबजुद सही विचारलाई त सही नै भन्नुपर्‍यो नि।’ थापा कुनै बेला गौतम निकट मानिन्थे। तर गौतमसँग विवाद परेपछि थापा पोखरेल निकट भएका हुन्।
 
पोखरेलले पार्टी एकतापछि पहिलोपल्ट जबजबारे मुख खोलेका थिए। उनले आफू जबजको विचारलाई लिएर देशव्यापी छलफलमा जाने बताएका थिए। यसैकारण पार्टी स्कुल विभागमा लफडा परेको थियो। जबजको डर पार्टीभित्र पसेपछि पूर्व माओवादीले उनलाई कुनै हालतमा स्कुल विभाग दिन नहुने अडान राखेका थिए।
 
गौतम–पोखरेल सम्बन्धका आरोह–अवरोहका ती दिन
 
गौतम र पोखरेलबीच विगतमा पनि आपसी सम्बन्धका अनेक आरोहअवरोह छन्। ६५ सालमा बुटवलमा भएको पार्टीको आठौं महाधिवेशनमा यी दुवै नेताहरु केपी ओलीविरुद्ध थिए। उनीहरूले झलनाथ खनाललाई जिताएका थिए। 

त्यति मात्र होइन गौतम त्यसबेला उपाध्यक्ष र पोखरेल महासचिव जित्नसमेत सफल भए। त्यसपछिका दिनमा भने गौतम पोखरेल गुटमा एकै ठाउँ रहे पनि विचारमा फरक धारमा थिए। पोखरेल माओवादीप्रति अनुदार बने भने गौतम निकट।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध माओवादीले सञ्चालन गरेको आन्दोलनका पक्षमा उभिँदै गौतमले एमालेका ६५ नेताहरूको हस्ताक्षर संकलन गरेर नेपालको राजीनामा माग गरेका थिए। तर पोखरेल भने नेपाल नेतृत्वको सरकारको बचाउमा लागेका थिए। पार्टीको नवौं महाधिवेशनमा आइपुग्दा यी दुई नेता  खनाल समूह छाडेर केपी ओली समूहमा थिए।

दुवै नेताहरु माधव नेपालविरुद्ध ओलीका पक्षमा लागेका थिए। यसपटक पनि ओलीलाई अध्यक्ष जिताउन उनीहरु सफल भए। सोही महाधिवेशनबाट गौतम उपाध्यक्ष र पोखरेल फेरि महासचिव चुनिएका थिए।
 
पछिल्लो  समयमा  गौतम पोखरेलको सम्बन्धमा चिसो बढेको थियो। अहिले गौतम ओलीसँग छैनन्। तर पोखरेल ओली समूहमै छन्। जनताको बहुदलीय जनवादबारे दुई नेताका समान विचार बाहिर आएपछि भने उनीहरुबीच दूरी घटेको स्पष्ट भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।