शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रातभरको बर्षाले डुब्यो महेन्द्रनगर, महाकालीमा उर्लियो बाढी 

रातभरको बर्षाले डुब्यो महेन्द्रनगर, महाकालीमा उर्लियो बाढी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- सोमबार रातिदेखि परेको अविरल बर्षाका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्र डुवानमा परेका छन् । राति करिव २ बजेबाट सुरु भएको बर्षाका कारण डुवान हुदा जनजीवन प्रभावित बनेको छ ।
 
स्थानीयको घर तथा पसल भित्र पानी पसेको छ । डुवानका कारण भिमदत्त नगरपालिका उल्टाखाम क्षेत्रमा कुरा मरेको प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।

नगरक्षेत्र जलमग्न हुदा आवतजावतमा समस्या भएको । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा मारमा परेको छ ।

महाकालीमा बाढी उर्लिएपछि शारदा ब्यारेजमा आवजवाजत बन्द

प्रहरीका अनुसार महाकालीमा प्रतिसेकेन्ड एक लाख १३ हजार क्युसेकको रफ्तारमा पानी बगिरहेको छ । महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। 

लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको बमले जानकारी दिए ।

 महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ। लगातारको वर्षापछि  महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ४५ हजार क्यूसेक पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ। 

यसअघि सोमबार साझ महाकाली नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक मापन गरिएको थियो। पुलमा आवतजावतमा रोक लगाईएपछि शारदा व्यारेज भएर भारत जाने र नेपाल आउने सवारी साधन रोकिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।