शुक्रबार, वैशाख १४, २०८१

सिर्जनशील हुने आठ तरिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सिर्जनशीलता कुनै पनि व्यक्तिको अनुपम उदाहरण हो। संसारका सबै व्यक्तिहरू उत्तिकै रचनात्मक हुन्छन् भन्ने हुँदैन। कोही जन्मसिद्ध नै यो प्रतिभाका साथ जन्मिएका हुन्छन् भने कोही कम सिर्जनशील हुन्छन्। 

जसरी सुदृढ शरीरको लागि शारीरिक व्यायामको आवश्यकता छ त्यसरी नै रचनात्मक हुनको लागि मष्तिस्कलाई पनि व्यायाम आवश्यक छ। सिर्जनशीलतामा निखार ल्याउन यी  उपाय अपनाउन सकिन्छ 

हिँड्ने बानी 

सन् २०१४ को एक अध्ययन अनुसार एक स्थानमा बस्ने मानिस भन्दा पनि बाहिर हिँडिरहनेहरू बढी सिर्जनशील हुने देखिएको छ। लामो समय एकै स्थानमा बसिरहँदा  मस्तिष्क सीमित विषयवस्तु र परिवेशमा नै केन्द्रित रहन्छ। केही समयको हिँडाइले एकाग्र दिमागलाई भंग गराउँछ। 

आफैंलाई पुरस्कृत गर्ने 

साना साना बच्चाले केही नयाँ चित्र बनाउँदा हामी उनीहरूलाई पुरस्कृत गर्ने गर्छौं। जुन उनीहरूको लागि हौसला हो। हाम्रो मानव मस्तिष्कमा पनि हौसला र उत्साह जरूरी छ। पुरस्कृत दिमाग हौसिएको हुन्छ। आफुले आफैंलाई प्रशंसा गर्ने, पुरस्कृत गर्ने गर्नाले दिमागलाई नवीन सिर्जनाको लागि ओतप्रोत गर्न सकिन्छ। 

समस्यालाई टाढाबाट नियाल्ने  

हामी आफ्नो निजी समस्या भन्दा पनि अरूको समस्यालाई सजिलोसँग सम्बोधन गर्न सकिरहेका हुन्छाँै। एक अनुसन्धान अनुसार, समस्या आउँदा त्यस समस्यालाई नजिकबाट नभई केही टाढाबाट नियाल्दा अझ सहज र सिर्जनात्मक तवरले समाधान गर्न सकिन्छ।

प्रेरित वातावरणमा रहने 

सकारात्मक मनोविद् मिहाई चिकसेन्टिमिहाईका अनुसार, आफ्नो वरपरको वातावरणले पनि सिर्जनशील हुनलाई मद्दत गर्छ। यसका लागि सकारात्मक व्यक्तिहरूको संगत गर्नेु पर्ने हुन्छ। जसरी एक अध्ययनशील व्यक्तिको संगतले अर्को पनि अध्ययनशील हुने गर्छ। 

दिवास्वप्न

हामी प्राय दिवास्वप्नलाई नकारात्मक मान्छौं। तर, यी दिवास्वप्न कहिलेकाहीँ सिर्जनशीलताका लागि फाइदाजनक हुनसक्छ। दिवास्वप्नले दिमागलाई विभिन्न परिकल्पनामा लैजान्छ। कल्पना परिकल्पना सिर्जनशीलताको बाटो हो। 

समस्यालाई पुनरावलोकन गर्ने

रचनात्मक व्यक्तिको पहिलो चरित्र नै समस्यालाई पुनरावलोकन हो। समस्यालाई लिएर तनाव लिनुभन्दा पनि समस्या कहाँबाट आयो र यसको रचनात्मक समाधानमा खोज्नु पर्छ।
 
निलो रंगसँगको साक्षात्कार 

कलर साइकोलोजिका अनुसार सादा निलो रंगले शान्ति दिन्छ। यसले दिमागलाई आराम दिन्छ। यो प्रकृति र शान्तिसँग सम्बन्धित हुन्छ। यो रंगले पनि शान्त र सिर्जनशील हुन मद्दत गर्छ। हामी मध्ये कतिले ख्याल गरेका छौं की सामाजिक सञ्जाल फेसबुक, ट्वीट्र जस्ता एपको रंग सादा निलो रहेको छ। यी सबै कलर साइकोलोजिमा आधारित छन्।
 
ध्यान गर्ने

लामो समयदेखि ध्यानलाई ‘रिल्याक्स’ अर्थात आराम वा दिमागी आरामको माध्यम मानिदै आएको छ। तर, ध्यानले दिमागलाई आराम, तनावमुक्त बाहेक रचनात्मक हुन पनि मद्दत गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्