शनिबार, वैशाख १५, २०८१

दोहामा घन्किँदै नेपथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राजधानी दोहामा आफूलाई दोश्रोपटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जाने भएको छ। इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाका समय त्यहाँ बसोबास गर्दैआएका नेपाली समुदायलाई सांगीतिक कोशेली लिएर ब्याण्ड त्यसतर्फ जान लागेको हो। इदको दोश्रो दिन अर्थात् हाम्रो भेगमा बकरिद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ।

नेपथ्यले अगस्त १२ सोमबार (साउन २७) बेलुकी सात बजेदेखि दोहास्थित ‘एसियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ।

यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो।

नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाउँदै र कतिपयले टिकटसमेत बेचेर सोझासाझा दर्शकहरुलाई दुःख दिइरहेको पृष्ठभूमिमा पाँच वर्ष पहिले अचानक ब्याण्ड पुगिदिँदा धेरैले ‘फेरि पनि झुक्याइएको’ ठानिदिएका थिए।

उक्त कन्सर्ट सकेर फर्कँदै गरेका नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई विमानस्थलमा भेट्ने तन्नेरीहरुमध्ये कतिपयले कन्सर्टको बारेमा जानकारी नै नभएको त कतिपयले पहिलेजस्तै झुक्याइएको हुनसक्ने ठानेर नगएको बताएका थिए।

‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु।’

‘यसरी परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लाग्ने गर्छ,’ गायक अमृत भन्छन्, ‘सधैं जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरुमा आधारित आफ्ना सिर्जनाहरु मार्फत ती दाजुभाइहरुलाइ मनोरञ्जन गराउने छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्