शनिबार, वैशाख १५, २०८१

योगेश मन्त्री बन्दा आफ्नै समूहभित्र असन्तुष्टि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- योगेश भट्टराई मन्त्री भएपछि नेपकपाभित्रको आफ्नै समूहमा असन्तुष्टि छाएको छ। विजय पौडेल, घनश्याम भुसाल, रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा लगायत उनको नियुक्तिप्रति खुसी छैनन्। राम्रो काम गर्न नसकेको भन्दै उनीहरूले सरकारको आलोचना गर्दै आएका छन्। 

उनीहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए तर भट्टराईले भने समर्थन गरेका थिए। पार्टी समीकरणमा माधव नेपाल निकट मानिने भट्टराई मन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक चलखेलका रुपमा पनि टिप्पणी हुने गरेको छ।

पछिल्लो समय बलियो बन्दै आएका नेपाल समूहमाथि यसलाई आक्रमणका रुपमा समेत चर्चा हुने गरेको छ। यद्यपि भट्टराईको भूमिकाले यसको निर्धारण गर्नेछ। 

नेपाल समूहबाटै सरकारको आलोचना हुँदा भट्टराईले नै त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ। मन्त्री भएपछि योगेशको काँधमा ओलीले बन्दुक राखेर नेपालतिर पड्काउन प्रयास गरेको पनि नेकपाभित्र टिप्पणी हुने गरेको छ। 

ती नेताहरूले भट्टराईलाई औपचारिक रुपमा बधाई दिए पनि असन्तुष्टि प्रकट गर्दै आएका छन्। केन्द्रीय सदस्य डा. विजय पौडेलले त आफ्नो फेसबुक स्टाटसमा भट्टराईको मन्त्री नियुक्तप्रति एक कथामार्फत् कटाक्ष गरेका छन्। 

उनले एउटा कथा जोड्दै यसरी कटाक्ष गरेका छन्, ‘हरिबहादुरले कलेज जीवनमै बिहे नगर्ने घोषणा गरेको थियो। चालीसको उमेर पार गरेपछि उसले बिहे गरेछ भन्ने कुरा साथीहरुले थाहा पाए। उसले बिहे गर्‍यो रे भन्ने थाहा पाएको अर्को दिन कार्यालयमा सानोतिनो होहल्ला नै भयो। सबैले हरिबहादुरलाई घेरघार पारे। सोधे– ‘ए हरिबहादुरजी, आजीवन ब्रह्मचारी भएर बस्ने घोषणा गरेका थियौ त। अनि किन बिहे गर्‍यौँ ? हामीलाई खबर पनि गरेनौ किन ?’

हरिबहादुर, ‘हेर्नुस् म वैचारिक मान्छे। म सदैव विचारलाई प्रधानता दिन्छु। म बिहे नगर्ने घोषणा गरेको मान्छे। उनी पनि बिहे नगर्ने भनेर बसेकी रैछन्। विचार मिल्यो, बिहे गरियो। विचार मिलेपछि कसैलाई बोलाउन आवश्यक ठानिएन।’

केन्द्रीय सदस्य सूर्य थापाले भने चार महिनाअघि नै मन्त्री हुनुपर्ने  आफ्नै कारणले ढिलो भएको टिप्पणी गरेका छन्। केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पनि भट्टराईको नियुक्तिप्रति असन्तुष्टि प्रकट गरेकी छन्। अहिले सरकार अलोकप्रियताको भुंग्रोमा भएका बेला भट्टराई हामफालेको उनको टिप्पणी छ। 

डेढ वर्ष पछि हट्यो बालुवाटारमा योगेशको तगारो 

प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङमा चुनावताका गएर आमसभामा भनेका थिए, ‘तपार्इंहरु योगेशलाई जिताइदिनुस्, म मन्त्री बनाएर पठाइदिन्छु’।

तर उनलाई मन्त्री बनाउने बेलामा प्रधानमन्त्रीका राजनीतिक सल्ल्हकार विष्णु रिमाल तगारो बने। त्यसबेला योगेश र विष्णुबीच फेसबुक वार पर्‍यो। योगशले पहिला एउटा स्टाटस लेखेका थिए, ‘केपी शर्मा ओली, प्रचण्ड, माधव नेपालले त्याग गरेर मन्डेला बन्नुपर्छ।’ यसको खरो प्रतिवादमा उत्रिए रिमाल।

यो वारपछि उनको मन्त्री बन्ने बाटो भत्किएको थियो। यसअघि योगेशलाई सञ्चारमन्त्री बनाउने पक्का जस्तै थियो। प्रधानमन्त्री ओलीले उनलाई सञ्चारमन्त्री बनाउनकै लागि गोकुल बाँस्कोटालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए। तर बालुवाटारमा रिमाल तगारो भएपछि बाँस्कोटालाई चिठ्ठा परेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।