शुक्रबार, वैशाख १४, २०८१

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सुनको मूल्य एकैदिन तोलामा रु १५ सयले बढेको छ। पछिल्लो दुईदिन आइतबार र सोमबार सुन दुई हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ६५ हजार ८ सयमा कारोबार भएको सुन आइतबार ५ सय बढेर ६६ हजार ३०० मा र सोमबार १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

अमेरिकाको फेडरल रिजर्भ बैंकले व्याजदर घटाएसँगै लगानीकर्ताहरु सबैभन्दा सुरक्षित मानिने सुनमा लगानी गर्न थालेपछि सुनको मुल्य आकासिन थालेको हो। यस्तै पछिल्लो सयम अमेरिका र चीनबीचको व्यापार युद्धको असर पनि सुनको मूल्यमा परेको सुनचाँदी महासंघले जनाएको छ। 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्