शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा चेतावनीसँगै कश्मीरमा सन्‍त्रास, लाखौं मानिस बाहिरिंदै

सुरक्षा चेतावनीसँगै कश्मीरमा सन्‍त्रास, लाखौं मानिस बाहिरिंदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भारतको कश्मीरमा सुरक्षासम्बन्धी चेतावनी जारी गरिएपछि  लाखौं तीर्थयात्री र पर्यटकहरुले कश्मीर छोडिरहेका छन् ।  स्थानीयमा त्रासको माहोल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।  

सरकारले सुरक्षा चेतावनी जारी गरेपछि स्थानीयहरुमा दौडधुप मच्चिएको र उनीहरुले एक–दुई महिनासम्म बन्दको जस्तो अवस्था आउनसक्ने अनुमान लगाउँदै दैनिक उपभोग्य वस्तु सञ्चय गर्न थालेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

अहिले कश्मीरबाट लाखौं मजदुर, पर्यटक र तीर्थयात्रीहरु बाहिरिन थालेको बेलायतबाट प्रकाशन हुने द गार्जियनले उल्लेख गरेको छ । 

भारत सरकारले अमरनाथ तीर्थयात्रामा गएका यात्रीमाथि आतंकवादी आक्रमण हुनसक्ने भन्दै सबै तीर्थयात्री र पर्यटकहरुलाई कश्मीर छोड्न आग्रह गरेको छ । बेलायत, जर्मनी, अष्ट्रेलिया लगायतका देशहरुले पनि आफ्ना नागरिकलाई कश्मीर नजान वा त्यहाँबाट फर्कन आग्रह गरेका छन् ।
 
अहिले पसलहरुमा स्थानीयको भीड लागेको, मानिसहरुले दैनिक उपभोग्य वस्तु, औषधी र इन्धन सञ्चय गर्न थालेको, पेट्रोल पम्पमा पनि लामो लाइन लागेको गार्जियनले उल्लेख गरेको छ । बैंकका एटिएममा समेत नगद मौज्दात रित्तिएको छ भने कश्मीर छोड्ने मानिसहरुको भीडले विमानस्थल अस्तव्यस्त बनेको छ । 



इन्डिया टूडेका अनुसार कश्मीरमा अनिश्चितताको माहोल बनेको छ । सडकमा सुरक्षाकर्मीको भीड छ । बीबीसीका अनुसार सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको कारगिल युद्धका बेला पनि यस्तो अवस्था थिएन । 

जम्मुकी पत्रकार अनुराधा भसीनले कश्मीरमा सन् १९९० को हिंसाका बेलापछि यस्तो अवस्था  नदेखिएको बताएकी छन् । उनका अनुसार विगत २० वर्षदेखि नरोकिएको अमरनाथ यात्रा रोकिंदा पनि यस्तो अवस्था आएको हो । 

कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको हिन्दू तीर्थ अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ ।

अमरनाथका तीर्थयात्रीमाथि 'पाकिस्तान संरक्षित' आतंकवादीबाट आक्रमण हुनसक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा सम्बन्धी चेतावनी जारी गरेको हो । सशस्त्र विद्रोहीहरुले यसअघि पनि हिन्दू तीर्थयात्रीलाई निसाना बनाएका थिए । 

सन् १९४७ मा भारत विभाजन भएपछि पाकिस्तान र भारतबीच चार पटक युद्ध भइसकेको छ । अहिले पनि कश्मीरको विषयलाई लिएर दुबै देशबीच द्वन्द्व छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।