शनिबार, वैशाख १५, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ। स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन्।

घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिए। ‘सुडानी जनताका लागि यो घोषणा गर्न पाउदा म धेरै खुशी छु की, राष्ट्रिय, अन्तर्राष्ट्रिय र अफ्रिकी क्षेत्रलाई ठूलो उपलपब्धि भएको छ’, लेबटले भने।

सम्झौताका केही प्राविधिक पक्ष मिलाउनका लागि दुई पक्षकाबीचमा अझै केही समय बैठक चलिरहने पनि उनले जानकारी दिए।
२. अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेका छन्।
 
उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेका हुन्। मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताए।

‘त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ’, उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा भने। उनले आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताए।

३. अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ।

मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो।

उहाँलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन्। अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उहाँले मैदान छोड्नु परेको थियो। 

४. अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन्। अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ। फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

५.अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नियमित प्रयत्न र दक्षिण कोरियाली राष्ट्रपति मुनको तीब्र कुटनीतिक पहलका बाबजुद पनि उत्तर कोरियाले घातक हात हतियार निर्माण तथा परीक्षण रोकेको छैन। भर्खरै हप्ता तीनवटा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्ने सबै कुटनीतिक पहललाई धुलो चर्टादिएको छ।

६. भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन्। जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ। 
मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही वर्षदेखि द्वन्द्व सृजना भएको छ। 
सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौ हजारको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्। 

७. मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्। थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए। उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार त्यस गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन्। तर ती थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उनले केही बताएका छैनन्।

८. गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ भएका माल्दिभ्सका पूर्व–उपराष्ट्रपति अहमद् अदीब अब्दुल गफुरलाई भारतले उनी आएकै मार्गको बाटो माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ। 
उनले भारत प्रवेश गर्नका लागि आवश्यक कागजात नभएको भनी भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट सुरक्षा नियन्त्रणमा लिइएको थियो। माल्दिभ्सका पूर्व राष्ट्रपति अदीबले भारतमा शरण लिन चाहेको तर भारतले उनलाई भारतीय भूमिमा शरण दिन नसक्ने बताएपछि उहाँलाई टुटिकोरिन नाकाबाटै फिर्ता पठाइएको उल्लेख भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

९. अमेरिकाले रसियामाथि दोस्रो चरणको नाकाबन्दी सुरु गरेको छ। यो नाकाबन्दी रसियाली गुप्तचरलाई बेलायतमा २०१८ मा विषपान गराई हत्या गरेको आरोपमा कारबाहीस्वरुप लगाइएको अमेरिकाले बताएको छ।

१०. मलेसियाको शाहआलाममा सन् २०१९ को अन्तर्राष्ट्रिय आदिवासी कला महोत्सव आयोजना गरिएको छ। जसलाई जेलाङ्गर अन्तर्राष्ट्रिय आदिवासी कला महोत्सव २०१९ को नामले परिचित गराइएको छ। शनिबार सुरु भएर दुई दिन चल्ने महोत्सवमा आदिवासी पहिरन सांस्कृतिक झाँकीहरु कला कौशल, हस्तकला आदि प्रदर्शन गरिने आयोजकले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।