शनिबार, वैशाख १५, २०८१

सीटीईभीटीको परीक्षामा तीन महिलासहित चार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरेको वर्गीकृत छात्रवृत्ति परीक्षामा जनकपुरबाट तीन महिलासहित चारजना परीक्षार्थी पक्राउ परेका छन्। 

परीक्षा नियमविपरित कार्य गरेको भन्दै उनीहरुलाई पक्राउ गरी परीक्षाबाट निष्कासन गरिएको हो।

जनकपुरको सकल भवन कन्या माविकेन्द्रमा परीक्षा मर्यादाविपरित कार्य गरेको भन्दै सिरहाकी रिंकी यादव, धनुषाकी रुबीकुमारी यादव, रौतहटकी सम्झना साह र सप्तरीका रामानन्द यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

परीक्षाको क्रममा मोबाइल फोन प्रयोग गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरी परीक्षाबाट निष्कासन गरिएको डिएसपी कार्कीले बताए। कार्कीका अनुसार परीक्षा चलिरहेको समयमा उनीहरुलाई मोबाइल प्रयोग गरिरहेको अवस्थामा सीटीईभीटीका प्रतिनिधिले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो। चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाएका छन्।

सीटीईभीटीअन्तर्गत नर्सिङ, एचए, ओभरसियर, ल्याब टेक्निसियन र डेन्टललगायतका संकायमा प्रवेश परीक्षाको लागि जनकपुरमा चार परीक्षा केन्द्र कायम गरिएको छ। 

ओभरसियरको प्रवेश परीक्षाका लागि जनकपुरस्थित राराब क्याम्पस, ल्याब टेक्निसियन र डेन्टलको लागि संकटमोचन मावि र अन्य सबैका लागि सकल भवन कन्या माविमा परीक्षा केन्द्र तोकिएपनि नर्सिङ र एचएको भने निजी विद्यालय मोनास्टिक माविमा परीक्षा केन्द्र कायम गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।