शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतको सक्रियता : ‘रअ’ प्रमुख पछि भाजपाका विदेश विभाग प्रमुख नेपालमा

भारतको सक्रियता : ‘रअ’ प्रमुख पछि भाजपाका विदेश विभाग प्रमुख नेपालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पछिल्लो पटक नेपालमा भारतीय सक्रियता बढदै गएको देखिएको छ। 

केही दिनअघि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल नेपाल आएर विभिन्न नेताहरुलाई भेटेका थिए। 

त्यसलगतै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं राज्यसभा सांसद डा. सुब्रमण्यम स्वामी नेपाल आए।

गत साता नेपाल आएका स्वामीले विभिन्न नेताहरुसँग भेटघाट गर्नुका साथै केही कार्यक्रममा समेत सहभागी भएका थिए।

विहीबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चउथाइवाले नेपाल आएका छन्।

नेपाल-भारत सम्बन्धी अन्तक्रियामा सहभागी हुन आएका चउथाइवालेले विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेका छन्।

स्रोतका अनुसार शुक्रबार विहान उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई भेटेका छन्। देउवा निवासमा उनीहरुको भेट भएको हो।

यसैगरी शुक्रबार विहान मधेशवादी र सत्तारुढ नेकपाका नेताहरुलाई पनि उनले भेटेका हुन्।

शुक्रबार दिउँसो एक होटलमा हुने कार्यक्रम पछि भोलि उनी भारत फिर्ता हुने जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा चलिरहेका बेला त्यसकै पूर्व तयारीका लागि भारतको सक्रियता बढेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।