शनिबार, वैशाख १५, २०८१

संसद्को अवरोध हटाउन सभामुख सक्रिय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अवरुद्ध प्रतिनिधिसभा संसद् बैठक सञ्चालन गर्न सभामुख कृष्णबहादुर महराले पहलकदमी थालेका छन् ।
 
यस क्रममा उनले डाकेको सर्वदलीय बैठक  केहीबेरमा बस्दै छ । प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले निरन्तर संसद् बैठक अवरुद्ध आएका छन् ।
 
सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका सरोजनारायण सिंह र विप्लव समूहका नेता कुमार पौडेलेका घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग विपक्षीको छ । तर, सत्तारुढ दल संसदीय समिति गठन नगर्ने पक्षमा देखिएको छ।

यसैगरी विगत एक वर्षदेखि राजपाले मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ।

प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले सरकारलाई तीन पटक रुलिङ गरिसकेका छन्। तर पनि सरकारले प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपा आक्रोशित बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।