शनिबार, वैशाख १५, २०८१

ललितपुर र कैलालीमा एनसेलको टावरमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- अज्ञात समुहले ललितपुर र कैलाली जिल्लाको एनसेलको टावरमा आगजनी गरेको छ । 

ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको हो ।

अज्ञात समुहले बुधबार राति टावरमा तोडफोड गर्नुका साथै आगजनी गरेको प्रहरीले जनाएको छ । 

टावर नजिकै बमजस्तै शंकास्पद वस्तु भेटिएपछि स्थानिय त्रसित बनेका छन् । त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ। 

यस्तै कैलालीको धनगढीमा रहेको एनसेल टावारमा पनि अज्ञात समुहले आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावारमा आगजनि गरिएको हो। 

प्रहरीका अनुसार बुधबार राती सवा १२ बजेको समयमा आगजनी भएको हो। गेटको ताला काटेर टावारमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेतले बताए।

आगजनी बाट टावरका व्याट्रीहरु जलेका छन। विप्लव समुहले अगजनी गरेको आशंका गरिएपनि प्रहरीले भने पुष्टी गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।