बिहीबार, वैशाख २७, २०८१

बैंकिङ कसुरका फरार श्रेष्ठ एयरपोर्टबाटै पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – बैंकिङ कसुर मुद्दामा फरार रहेका डेभाजु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। 

उनलाई  महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरेको थियो।

श्रेष्ठलाई हङकङबाट नेपाल आउने क्रममा विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। श्रेष्ठले दरवारमार्गमा रहेको डेभाजु लाउन्ज कम्पनी मर्मतका लागि साथि विश्वराम श्रेष्ठबाट दुई करोड रुपैयाँ सापटी लिएका थिए। तर रकम फिर्ता गर्दा चेक दिएको र सो चेक बाउन्स भएपछि पीडित श्रेष्ठले महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका थिए। 

गत पुस १३ गते पीडित श्रेष्ठले बैंकिङ कसुर अपराधमा परिसरमा जाहेरी दर्ता गराएको र श्रेष्ठलाई थप आवश्यक कारबाहीका लागि परिसर काठमाडौंको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनलाई बैंकिङ कसुरविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।