एजेन्सी- बार्सिलोनाका फुलब्याक सेर्जी रोबर्टोले यस सिजन क्लब धेरै दबाबमा रहने बताएक छन् । गस सिजनको अन्यमा लिभरपुल र भ्यालेन्सीयासँगको हारका कारण यस सिजन बार्सिलोना धेरै दबाबमा रहने बताएका हुन् ।
उनले हारेको टोलीसँग कुनै न कूने प्रभाव पढ्ने बताएका हुन् । ‘पछिल्लो सिजनको अन्त्यमा जे भयो यस सिजन गत सिजनको तुलनामा अधिक दबाबका साथ खेल्नु पर्नेछ ।’
रोबर्टोले भने, ‘मलाई लाग्छ हामी स्तारमा चुकेका छौ । तर, हालसम्म जुन अनुबन्ध गरेका छौ त्यसले क्लब एक स्तरमा पुगेको छ ।’
‘बार्सिलोनामाथी विश्वास छ की क्लब पछिल्लो सिजनको पिडादाई हारबाट सिकोस् । नयाँ अनुबन्ध एन्टोनी ग्रिजमन र डि जोङमाथी पनि परिक्षण हुने छ की उनी स्पेनिस च्याम्पियनसँग आफ्नो पहिलो सिजनमा के गर्न सक्ने छन् ।’
बार्सिलोनाले लिभरपुलसँग च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा ३-० को अग्रता जोगाउन नसक्दा दोस्रो लेगमा ४-० ले पराजति भएको थियो । त्यस्तै कोपा डेल’रेको फाइनल खेलमा भ्यालेन्सियासँग २-१ ले पराजति हुँदै उपाधिबाट बन्चित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४