शुक्रबार, वैशाख १४, २०८१

प्रचण्ड भन्छन् : हेग लगे म हिरो बन्थें

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन केही तत्त्व सक्रिय रहेको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “यो परिवर्तन नचाहनेले गरेको एउटा डिजाइन हो। मलाई हेग लगेर पनि केही फरक पर्दैन। हेग लगे भने त म विश्वकै हिरो भएर निस्कनेछु।” 

उनले हेग लगेमा आफूलाई संसारले एकैचोटि चिन्ने, न्याय र शान्तिका लागि लड्ने रहेछ भनेर बुझ्न पाउने दाबी गरे। 

नेत्रविक्रम चन्द ‘बिप्लव’ समूह त्यागेर नेकपा प्रवेश गरेका रमण घिमिरेलाई स्वागत गर्न आयोजित कार्यक्रममा दाहालले भने, “त्यो मेरा लागि गर्वको कुरा हुनेछ। तर मलाई लाग्दैन हेग लान्छन् र विश्वको हिरो बनाउँछन्।” 

उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म जहाँ लगे पनि आफू हिरो बन्ने दाबी गरे। उनले भने, “यो व्यवस्था उल्टियो भने हामीले मात्र हैन, नेपालले नै दुःख पाउनेछ।” 

ढिलो छिटो विप्लवहरु पनि नेकपामा आउने दाबी गर्दै उनले भने, “कुनै उपाय छैन। या त सिध्दिनैपर्छ, या त उही पेरुजस्तो। तपाईंहरु समयमै ब्युँझनुभयो। जो जहाँ ब्युँझियो। ऊ त्यहाँबाट हिँडिहाल्ने हो। कतिपय साथीहरू अगाडि नै ब्युँझिएका छन्। सम्मानित भूमिकामा छन्।” 



‘हामी पनि लिट्टे हुनसक्थ्यौं’

उनले विप्लवलाई संकेत गर्दै उल्टो दिशातिर हिँड्दा क्रान्ति हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। दाहालले भने, “उल्टो दिशामा गएर क्रान्ति हुँदैन। अब यहाँ राजा आइदियो भने क्रान्ति हुन्छ त ? नेपाललाई अरु कुनै प्रतिक्रियावादी शक्तिले कब्जा गर्यो भने क्रान्ति हुन्छ त ? त्यो त प्रतिक्रान्ति हो।”

उनले आफूहरु विद्रोहमा छँदा आन्दोलन र त्यागको बलमा प्राप्त हुने जति लिइहाल्ने अनि त्यसलाई उपयोग गर्दै समाजवादको बाटोतर्फ अग्रसर हुने नीति अवलम्बन गरेको पनि दाबी गरे। दाहालले भने, “देशको परिस्थिति, विश्व परिस्थिति र शक्ति सन्तुलनले गर्दा हामी यहाँ टेकेर आएका हौं। नआउँदा के थियो त्यो पेरु, फिलिपिन्स र लिट्टेको जे अवस्था थियो हाम्रो पनि त्यही अवस्था हुने थियो।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।