शुक्रबार, वैशाख १४, २०८१

दोहोरो अंकले ओरालो लाग्यो बजार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ।

यस दिन नेप्से १७.११ अंकले ओरालो लागेर १२५२.८० अंकमा अडिएको छ। आइतबार दिनभर १९ लाख ३७ हजार कित्ता सेयर ४९ करोड २६ हजार रुपैयाँमा कारोबार भएको छ। 

मौद्रिक नीतिले बजारलाई उल्टो दिशातर्फ डोहोर्याएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको दोस्रो कारोबार दिन नै बजार यसरी ओरालो लागेको हो।

बजारमा लगानीकर्ताहरु आत्तिएर सेयर बिक्री गरिरहेका छन्, लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘तर आत्तिनुपर्ने कुनै कारण छैन।’

लगानीकर्ताहरुले फोर्स मर्जरको नीति आउने अपेक्षा सहित मौद्रिक नीति कुरेका थिए तर उनीहरुको अपेक्षा अनुसारको नीति नेपाल राष्ट्र बैंकले अख्तियार नगरेपछि लगानीकर्ताहरु अत्तालिएर सेयर बेच्न थालेका हुन्।

मौद्रिक नीति र बित्तीय विवरण प्रकाशनको मौका छोपेर सेयर किन्न बसेकाहरु निराश हुँदै आफूसँग भएको सेयर समेत बिक्री गर्न थालेपछि गत बिहीबार भन्दा आईतबार बजार घट्को हो।

माग बढाउँने गरी ठूला संस्थागत लगानीकर्ताहरुको प्रबेश दोस्रो बजारमा नहुँदा पनि बजार घटीरहेको सेयर विष्लेषकहरुको भनाइ रहेको छ।

यसदिन १६६ वटा कम्पनीमध्ये २२ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्दा अधिकांश कम्पनीका सेयर मूल्य उल्लेखनीय रुपमा घटेका छन्।

आइतबार म्याचुअल फण्ड बाहेक सम्पुर्ण समुहगत परिसुचक ओरालो लागेको छ। यसदिन सबैभन्दा बढी जीवन बीमा १०६.८९ अंक, निर्जीवन बीमा ९९.६७ अंक, लघुवित्त संस्थाको २७.७ अंकले ओरालो लागेको छ।

यसदिन कृषि विकास बैंक, नेपाल बैंक, छिमेकी लघुवित्त विकास बैंक लगायतका कम्पनीको धेरै कारोबार भएको छ, भने सिर्जना फाइनान्स, युनिभर्सल पावर कम्पनी, एनएमबी इन्भेष्टमेन्ट फाण्ड, एनएमबी हाइव्रीड फण्ड लगायतले सबैभन्दा बढी कमाएका छन्।

त्यस्तै युनियन हाइड्रो पावर, युनाइटेड इन्स्योरेन्स, पाचथर पावर कम्पनी लगायतका लगानीकर्ताहरुले यसदिन धेरै गुमाएका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।