शनिबार, वैशाख १५, २०८१

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बैतडी- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा शाखा खोलेको छ। ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आइतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो।

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड  स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले शाखाको उद्घाटन गरे। उद्घाटन क्रार्यक्रममा बैतडी  जिल्लाका पुर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा, तथा बिभिन्न सरकारी निकायका प्रमुख, राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको सहभागीता थियो। 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमार्फत् जानकारी दिइएको छ। 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको विज्ञप्तीमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्