शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशको विकासको खाका कोरिएको ‘मान्नमी’ विमोचन

कर्णाली प्रदेशको विकासको खाका कोरिएको ‘मान्नमी’ विमोचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ।

कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री भलनाथ खनालले ‘मान्नमी’ कर्णाली प्रदेश र त्यस क्षेत्रका जनप्रतिनिधिहरूका लागि पठनिय र सङ्ग्रहणिय दस्तावेज बनेको बताए कर्णालीको उदयदेखिको इतिहास, भूगोल, संस्कृति, विकासका पाटाहरू, वर्तमान अवस्था र सम्भाव्यताहरू समेटिएको ‘मान्नमी’ले कर्णाली मात्र नभई समग्र देश बोकेको बताए।

समाजवाद उन्मुख नयाँ संविधानले परिवर्तनका सम्पूर्ण ढोकाहरू खोलिदिएको भन्दै पूर्व प्रधानमन्त्री खनालले समानुपापतिक अधिकार र विकासले कर्णालीलाई समटेको धारणा राखे। उनले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न सके प्राकृतिक स्रोत साधनले भरिपूर्ण हिजोको समृद्ध कर्णाली फेरी पनि समृद्ध हुनेमा दुइमत नरहेको बताए।

वरिष्ठ संस्कृतिविद् वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले २०२७ सालमा ५ जना विज्ञको टोलिसहित नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजा खोला पुगेको स्मरण गर्दै त्यहाँको भूगोल, अर्थतन्त्र, भाषा, इतिहास, लोक संस्कृति समेटेर ५ वटा पुस्तक प्रकाशन गरिएको बताए।

देशलाई मेचिदेखी महाकाली जोडेर एक ढिक्का बनाउन संस्कृति र इतिहास अध्ययन अनुसन्धान जरुरी रहेको सन्दर्भमा एउटा संग्रहणिय र पठनिय जर्नल ‘मान्नमी’को प्रकाशन भएकोमा खुशी व्यक्त गरे।

पूर्व गृहमन्त्री जनार्दन शर्माले ‘मान्नमी’का सबै रचनाहरू पढ्दा जनप्रतिनिधिलाई कर्णाली विकासको मार्गचित्र तयार गर्न आवश्यक दस्तावेज तयार भएको बताए।

उनले भने, ‘मैले कर्णालीलाई सुनको डल्लो हो भन्ने गरेको छु। त्यसलाई गहना बनाउने कालिगड हामी नेतृत्व पङ्ति जिम्मेवार र गम्भिर भएर लाग्ने हो भने अवको दश वर्षमा कर्णालीलाई मलुककै सबैभन्दा धनी प्रदेश बनाउन सम्भव छ।’

पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले अझै पनि कर्णालीको मूख्य समस्या बाटोको पहुँच नै भएको दावी गरे।

उनले बाटोघाटोको सहज पहुँच र विद्युतको आपुर्ती गर्न सकेको खण्डमा कर्णालीको विकासले गति लिने बताए। पूर्व मन्त्री शाहीले कर्णालीको विकास भयो भने मुलुककै विकास हुन्छ भन्ने सोच राखी संघ, प्रदेश र स्थानीय सरकारले  योजनावद्ध रूपमा कार्य गर्नु पर्नेमा जोड दिए।

जर्नलको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले गैह्र सरकारी संस्थाहरू धेरै फेशनवल भएको र व्यवहारमा उनीहरूको योगदान शुन्यप्राय रहेको अवस्थामा रूपान्तरण नेपालले अनुकरणिय कार्य गरेको बताए।

उनले मान्नमी पुस्तकालयमा राख्नु पर्ने मात्र होइन कर्णालीका जन प्रतिनिधिहरूले विकासका योजना बनाउँदा अगाडि राखेर मनन गर्नुपर्ने दस्तावेज बनेको बताए।

जर्नलको समालोचना गर्दै प्रा. डा. नन्दबहादुर सिंहले सग्रहित अधिकांश सामग्री स्पष्ट भएपनि कतिपय लेखक पाठकलाई बुझाउने सवालमा चुक्नु भएको धारणा राखे।

कर्णालीको इतिहासलाई जोड्दै प्राध्यापक सिंहले भने, ‘प्राचिन कालमा जुम्लाको अकाल सहर देशकै सबैभन्दा ठुलो सहर थियो भने दैलखको दुल्लु दोस्रो ठूलो सहर थियो। त्यस्तो समृद्धशाली कर्णाली कसरी भताभुङ्ग भयो ? यसको गम्भिर अध्ययनको सुरुवात ‘मान्नमी’ ले गरेको छ।’  

रूपान्तरण नेपालका अध्यक्ष एवम् ‘मान्नमी’का सम्पादक मोहन शाहीले कर्णाली प्रदेशलाई नजिकबाट बुझ्न चाहने जोकसैका लागि ‘मान्नमी’ गतिलो सन्दर्भ सामग्री बन्ने आशा व्यक्त गरे।

‘साङ्लोको शक्ति त्यसमा रहेको सबैभन्दा कमजोर कडीले निर्धारण गर्दछ र चुडाई त्यहिँबाट सुरु हुन्छ’ भन्ने वरिष्ठ योजनाविद् डा. हर्क गुरुङको भनाई सम्झँदै सम्पादक शाहीले प्राकृतिक स्रोत साधनले धनी भएर पनि विकासका सुचकमा सबैभन्दा पछाडी परेको कर्णालीबारे  राज्य र सरोकारवालाको ध्यानाकर्षण गर्न कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्कका रूपमा ‘मान्नमी’ प्रकाशन गरिएको बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।