काठमाडौं– आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रिय छनोट अन्तरर्गतको निर्णायक खेलमा नेपालले सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । भर्खरै इन्डियन एसोसियसन मैदानमा भएको टसमा नपालले टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको हो ।
सिंगापुरविरुद्ध मैदान उत्रिदा नेपालको लक्ष्य ग्लोबल छनोट हुने छ । किनकी यो खेल जित्ने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । तीन खेल खेलेको नेपालको २ खेलमा जित र एक खेलमा पराजति सहित ४ अंकल जोडेर दोस्रो स्थानमा छ ।
आयोजक सिंगापुर सिंगापुर समान खेलमा २ खेलमा जित र एक खेलमा अंक बाँढ्दै ५ अंक सहित शीर्ष स्थानमा छ । सिंगापुरले वर्षाका कारण कुवेतसँगको खेलमा अंक बाँढेको थियो । नेपालले कुवेतसँगको टोलीलाई नै मैदानमा उतारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४