शुक्रबार, वैशाख १४, २०८१

नीलाम्बर-जयशंकर भेट : कमजोर कूटनीतिको नमुना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर मन्त्री नियुक्त भएको झन्डै २ महिनापछि मात्र नेपाली राजदूत नीलाम्बार आचार्यले भेट पाएका छन्।

दिल्लीस्थित नेपाली दूतावासले यो भेटपछि दुई देशबीचको उच्चस्तरीय भ्रमणले गति लिने दाबी गरे पनि कूटनीतिक वृत्तमा भने नेपालको तर्फबाट कमजोर ‘परफर्मेन्स’ देखाइएको टिप्पणी हुन थालेको छ। 

२०७२ सालको भारतीय नाकाबन्दीका डिजाइनर मानिने जयशंकरलाई सक्दो चाँडै भेटेर सम्बन्ध सुदृढिकरण साथै दुईपक्षीय हितका विषयलाई अगाडि बढाउनु पर्नेमा त्यसो हुन नसकेको कूटनीतिक क्षेत्रका जानकार बताउँछन्।

दिल्लीस्थित दूतावासका अनुसार शुक्रबार भएको भेटमा नेपाल र भारतबीचको दुईपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको थियो। 

लामो समयदेखि भारतीय गुप्तचर संस्था ‘रअ’ र ब्यूरोक्रेसी हाबी भएको नेपाल–भारत सम्बन्ध राजनीतिक नेतृत्व स्तरमा पुग्ने अपेक्षा गरिएकोमा राजदूत आचार्यले विदेशमन्त्रीसँग भेट्नै यती लामो समय लाग्नु विडम्बना भएको एक पूर्व राजदूत बताउँछन्। 

उनी भन्छन, “आचार्यजीले विदेशमन्त्रीलाई भेट्नै दुई महिना लाग्यो, यसले हाम्रो कुटनीतिक कमजोरी प्रष्ट पारेको छ।” 

अर्कोतिर, यसै साता नेपाल भ्रमणमा आएका ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग भेटको समाचार बाहिर आएका छन्।

यसले पनि भारतले नेपाल सम्बन्धलाई खुफिया एजेन्सी र ब्यूरोक्रेसीभन्दा माथि ल्याउन नचाहेको जस्तो देखिएको ती पूर्वराजदूतको भनाई छ।

भारतकै राजदूत रहिसकेका उनी भन्छन, “नीलाम्बरजी आफैं राजनीतिक चरित्रको मान्छे हुनुहुन्छ। उहाँले नै सबै भेटको चाँजोपाँजो मिलाउनुपर्ने थियो। तर, उहाँ सफल भएको देखिएन।” 

दक्षिण एसियाली कूटनीतिमा भारतलाई आक्रामक रूपमा प्रस्तुत गर्ने रणनीतिमा रहेका जयशंकरसँग नजिकको सम्बन्ध कायम गर्दा नै उचित हुने ती राजदूतको सुझाव छ। 

नेपालमाथि नाकाबन्दी लाग्दा भारतीय विदेश सचिव रहेका जयशंकर नरेन्द्र मोदीको मन्त्रिमण्डलमा गत जेठ १७ गते विदेशमन्त्रीमा नियुक्त भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।