शनिबार, वैशाख १५, २०८१

मधेश सशस्त्र आन्दोलनको १५ वर्ष : गोइतबाहेक सबै सकिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पछिल्लो पटक मधेशमा सुरु भएको सशस्त्र आन्दोलनले १५ वर्ष पुरा गरेको छ।

तत्कालीन नेकपा (माओवादी) बाट छुट्टिएका जयकृष्ण गोइतले ‘स्वतन्त्र मधेश’ को माग राख्दै १० साउन २०६१ बाट सशस्त्र आन्दोलन शुरु गरेका थिए। 

त्यसअघि पनि मधेशी टाइगर्सलगायतका भूमिगत संगठनहरु स्थापना भए पनि उनीहरुले हतियार उठाइसकेका थिएनन्। 

गोइतको सक्रियतापछि मधेशमा दर्जनौं भूमिगत सशस्त्र समूहहरु निर्माण भए। बाहिर राजनीतिक माग देखाए पनि चन्दा, अपहरण, असुली र हत्याको शृंखला चलाउन थालेपछि थुप्रै सशस्त्र समूहहरुको जनाधार त बलियो भएन नै उल्टै आम नागरिकबाट समेत प्रतिकारको अवस्था आयो। 

राज्यको कारवाहीबाट समेत थुप्रै सशस्त्र समूहका नेताहरु मारिए। त्यसै अवधिमा मधेशमा गैरन्यायिक हत्याको ग्राफ पनि उकालो लागेको थियो। 

त्यसबेला सक्रिय दर्जनौं भूमिगत सशस्त्र समूहमध्ये हाल गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० ले बेला बेला विष्फोट गराएर सक्रियता देखाउन खोजे पनि अहिले मधेशमा सशस्त्र समूहहरुको सक्रियता शून्य नै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।