एजेन्सी-अर्जेन्टिनी तथा युभेन्ट्सका स्ट्राइकर पाउलो डिबाला अनुबन्ध गर्न इङ्लिस क्लब टोटनहामले कीर्तिमानी मुल्यको प्रस्तान गर्ने तयारी गरेको छ ।
डिबालालाई क्लबमा अनुबन्ध गर्न टोटनहामले आफ्नो क्लब इतिहासकै सर्वाधिक महँगो मूल्यको प्रस्ताव गर्ने तयारी गरेको हो ।
टोटनहामले डिबालाका लागि युभेन्टससँग ८० मिलियन पाउन्डको प्रस्ताव गर्ने भएको छ । उक्त प्रस्ताव स्विकारे डिबाला टोटनहामको इतिहासमै सर्वाधिक महँगा खेलाडी बन्ने छन् । हालसम्म टोटनहामले सर्वाधिक ५५ मिलियन पाउन्डमा खेलाडी अनुबन्ध गरेको छ ।
पछिल्लो समय डिबाला स्वयमले पनि आफु युभेन्टस छोड्न चाहेको बताएका थिए । यत सिजन उनलाई पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको छाँयामा परेको जनाएको थियो। जस कारण उनले प्रयाप्ता मात्रमा मैदानमा समय बिताउन समेत पाएनन् ।
सिजन २०१७-१८ मा सिरि ए का ३३ खेलमा २२ गोल गरेका डिबालाले गत सिजन ३० खेलमा मात्र ५ गोल गरेका छन् । उनले गत सिजनका सबै खाले ४२ खेलमा १० गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४