शुक्रबार, वैशाख १४, २०८१

११८ जना अनाथ बालबालिका पालेकी महिलालाई २० वर्ष जेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चीन- एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ।

हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो।

कुनै बेला अनाथालय चलाएर 'लभ मदर' अर्थात प्रेममयी आमाको उपनाम पाएकी लीलाई तीन लाख ८८ हजार अमेरिकी डलर जरिबाना गरिएको छ।

उनको प्रेमीसहित अन्य १५ जनालाई पनि सजाय तोकिएको छ।

अदालतले लीले अनाथालयको प्रभावका दुरूपयोग गरेको पाइएको बताएको छ।

"उनले आर्थिक फाइदा र अन्य अपराधका लागि समूहमा अन्यसँग मिलेर धोकाबाजी गरेकी छन्," अदालतले सामाजिक सञ्जालमा हालेको सूचनामा लेखिएको छ।

उनको प्रेमी सु चीलाई साढे १२ वर्ष जेल सजाय र जरिबाना तिराइएको छ। अन्यलाई चार वर्षसम्मको जेल सजाय तोकिएको छ।

गाउँ बसाएकी 'लभ मदर'
सन् २००६ मा लीले आफ्नो प्रान्तमा दर्जनौँ अनाथ बालबालिकालाई पालिरहेको खबर छापिएपछि उनी चर्चित भएकी थिइन्।

उनले आफूले वैवाहिक सम्बन्ध बिच्छेद गरेको र पूर्वपतिले सात हजार युआनमा बेचेको छोरालाई फिर्ता पाएपछि अन्य बालबालिकालाई सहयोग गर्न थालेको बताएकी थिइन्।

त्यसपछिका वर्षहरूमा उनले अकुत सम्पत्ति कमाइन् र प्रान्तकै सबैभन्दा धनी महिला बनिन्। उनले फलाम खानी पनि किनेकी थिइन्।

उनले थुप्रै बालबालिकाहरूलाई पाल्न थालेपछि लभ भिलेज अर्थात मायाको गाउँ नामक अनाथालय खोलिकी थिइन्।

उनका बारेमा पत्रपत्रिकामा निकै समाचार छापिएका थिए जुनमध्ये केहीमा उनले क्यान्सरलाई जित्न सबै सम्पत्ति खर्च गरेको बताइएको थियो।

सन् २०१७ मा उनको अनाथालयमा भएको बालबालिकाको सङ्ख्या एक सय १८ थियो।

त्यही वर्ष सरकारले उनको शङ्कास्पद् गतिविधिको बारेमा खोज शुरू गरेको थियो।

सन् २०१८ को मेमा उनको खातामा दुई करोड युआन र २० हजार अमेरिकी डलर भएको पत्ता लगाएको थियो। उनीसँग ल्यान्ड रोभर र मर्सेडिज बेञ्जजस्ता विलासी गाडीहरू पनि थिए।

सन् २०११ देखिनै उनले गैरकानुनी काम गरिरहेको बताइएको छ।

उनले अनाथालयका बालबालिकालाई प्रयोग गरेर निर्माणस्थलहरूमा बाधा पुर्याएकी थिइन्। एक घटनामा उनले बालबालिकालाई ट्रकको मुनि दौडाएर निर्माणस्थलको काम रोकेको र निर्माण कम्पनीसँग जबर्जस्ती पैसा मागेकी थिइन्।

उनले "लभ भिलेज" निर्माणका लागि उठाइएको सहयोगबाट पनि कमाएकी थिइन्।

उनलाई मे महिनामा हिरासतमा राखिएपछि "लभ भिलेज"का ७४ जना बालबालिकालाई विभिन्न सरकारी अनाथालयमा सारिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।