शनिबार, वैशाख १५, २०८१

अन्तरसहकारी कारोबारले बचतकर्ताको रकम जोखिममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुबीच गैरकानुनी रुपमा भइरहेको अन्तर–सहकारी वचत तथा ऋण कारोबारले बचतकर्ताको रकममा जोखिम थपिएको छ ।

कुनै पनि सहकारीले अन्तरसहकारी कारोबार (सहकारी संस्थाहरुले एक आपसमा बचत राख्ने र ऋण प्रवाह) गर्न पाउदैनन् । तर, काठमाडौं र ललितपुरका केही ठूला सहकारीहरुले नियमविपरित अन्तरसहकारी कारोबार गरिरहेको पाइएको छ।

सहकारी विभाग स्रोतका अनुसार काठमाडौंका जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्था न्यूरोड, जेष्ठ बचत तथा ऋण सहकारी संस्था गंगवु, नेचुरल बचत तथा ऋण सहकारी संस्था बौद्ध, नवललित बहुउद्देशीय सहकारी संस्था (जसको कारोबार एक अर्ब भन्दा माथि छ।), आईएमई को–अपरेटिभ सर्भिस, प्रभु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. लगायतका करिव २० भन्दा बढी सहकारी संस्थाहरुले अन्तरसहकारी कारोबार गरिरहेका छन्।

अन्तर सहकारी कारोबार गरिरहेका संस्थामध्ये कुनै एकमा समस्या आउँदा उक्त सहकारीसँग कारोबारमा संलग्न अन्य सहकारीहरुमा पनि समस्या आउँछ । यस्ता सहकारीमा आवद्ध निक्षेपकर्ताको बचतको सुरक्षामा ठूलो जोखिम देखिन्छ।

यसअघि पनि अन्य ६ वटा सहकारी संस्थासँग बचत तथा ऋण कारोबार गरेको ओरेन्टल सहकारी समस्याग्रस्त हुँदा ऊसँग कारोबार गरिरहेका अन्य सहकारीमा समस्या आएको थियो । ओरेन्टलको समस्या अझै समाधान भइसकेको छैन।


समस्यासँग जुधिरहेको सिभिल सहकारीको पनि अन्तरसहकारी कारोबार उच्च छ। डुब्ने अवस्थामा रहको सिभिल सहकारीमा कारोबार गरेका अन्य सहकारीहरु पनि यतिबेला समस्याग्रस्त छन् ।

सहकारी ऐन र नियमावलीले समेत अन्तरसहकारी ऋण तथा बचत कारोबारमा रोक लगाए पनि ती सहकारीहरुले करिव पाँच बर्षदेखि अन्तरसहकारी कारोबार गर्दै आइरहेका छन् ।

अन्तरसहकारी बचत तथा ऋण कारोबार गरेका केही सहकारी संस्था डुबेका उदाहरण हुँदाहुँदै पनि सहकारीबीच यस्तो गैरकानूनी कारोबार बढ्दो छ । 

जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक हेम कार्की एउटा सहकारी समस्यामा पर्दा अर्को सहकारीले सहयोग गर्ने सोचका साथ पाँच वर्षदेखि आफूहरुले अन्तरसहकारी कारोबार गर्दै आएको बताउँछन् ।

कार्की भन्छन्, ‘अन्तरसहकारी कारोबार गर्दा एक सहकारीमा समस्या परेमा सबै सहकारी डुब्ने जोखिम भए पनि तरलताको समस्या समाधानमा भने यसले ठूलो मद्दत पुग्छ ।’

प्रभु र आईएमई सहकारीले भने आफूहरुले अन्तरसहकारी सहकार्य अन्तर्गत रेमिट्यान्सको कारोबार बाहेकको कारोबार नगरेको दाबी गरे । ग्लोबल आईएमई को–अपरेटिभ सर्भिसका प्रमुख कार्यकारी अधिकृत सागर ढकालका अनुसार रेमिट्यान्सको कारोबार गर्दा सहकारीहरुले निश्चित रकम आईएमई सहकारीमा धितोको रुपमा राख्नुपर्छ तर, त्यसवापतको ब्याज भने पाइँदैन ।

सहकारी विभागका सूचना अधिकृत शशीकुमार लम्साल अन्तरसहकारी कारोबार गरिरहेका केही सहकारीहरुलाई व्यवस्थित गर्न सहकारी विभाग लागिरहेको बताउँछन् । अन्तरसहकारी कारोबार हुँदा बचतकर्ताको रकमसमेत जोखिममा पर्ने भन्दै लम्साल त्यसलाई व्यवस्थित गर्न ऐनमा सम्बन्धी विषयगत संघमार्फत् मात्र यस्तो कारोबार गर्न पाउने व्यवस्था गरिएको बताउँछन् ।

‘सहकारी नियमावली २०७५’ को नियम ८० को (५)मा ‘बचत तथा ऋणसम्बन्धी अन्तरसहकारी कारोबारको हकमा सम्बद्ध सहकारी संस्थाहरुले मन्त्रालयले सम्बन्धित विषयत सङ्घ वा सहकारी बैङ्कको भूमिकासमेत निर्दिष्ट गरी तोकेको मापदण्ड पालना गर्नुपर्ने र यही नियमकै (६) मा ‘अन्तरसहकारी कारोबार सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले स्वीकृत गरेको कार्यविधि बमोजिम हुने’ उल्लेख छ ।

तर अहिलेसम्म मापदण्ड र कार्यविधि दुवै बनिसकेका छैनन् । 

‘सहकारी ऐन २०७४’ मा सहकारी संस्थाहरुले अन्तरसहकारी कारोबार गर्न पाउने उल्लेख भए पनि यसको प्रक्रिया नियमावली अनुसार हुने व्यवस्था गरेको छ। 

नियमावली को नियम ८० को (३) मा भने सहकारीहरुले आफ्ना सदस्यहरुबाट उत्पादित उपज कुनै एक संस्थामार्फत संकलन, प्रशोधन एवं वजारीकरण गर्ने गरी एकीकृत योजना सञ्चालन गर्न सकिने’ उल्लेख छ । त्यस्तै यही नियमकै (४) मा सहकारी संस्थाले विनियममा व्यवस्था गरी आफ्ना सदस्यले नेपालभरको कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्नेगरी अन्तरसहकारी कारोबार गर्न सक्ने’ उल्लेख गरेको छ । 

सूचना अधिकृत लम्सालका अनुसार विभागले अन्तरसहकारी कारोबारसम्बन्धी कार्यविधिको मस्यौदा पारित हुने क्रममा छ । 

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेत भने नेफ्स्कुनका सदस्यले अन्तरसहकारी कारोबार नगरेको दाबी गर्छन् । तर, अन्तरसहकारी कारोबार गरिरहेका जेष्ठ आइडोलोजी, नेचुरल लगायतका संस्थाहरु नेफ्स्कुनकै सदस्य हुन् । 

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल सहकारीहरुले कानुन अनुसार काम गर्नुपर्ने भन्दै त्यसो नगर्ने सहकारीहरुलाई कारवाही गरिने बताउँछन् । 

एक सहकारीको रकम अर्को सहकारीमा राख्दा १२ प्रतिशतसम्म ब्याज पाउने भएपछि सहकारी क्षेत्रको एकमात्र सहकारी बैंकतर्फ सहकारी संस्थाहरु आकर्षित देखिदैनन् । सहकारी बैंकले सहकारी संस्थाहरुलाई निक्षेपमा ७ देखि ८ प्रतिशत ब्याज दिने गरेको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।