शुक्रबार, वैशाख १४, २०८१

सभामुखको पकेटमार हिरासतबाटै फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्रदेश २ का सभामुख सरोज यादवको पकेटमार हिरासतबाटै फरार भएका छन्। बारास्थित इलाका प्रहरी कार्यालय सिम्रोनगढ थुुनुवामा रहेको भारतको मोतिहारी जिल्ला लिपनी–४ बस्ने १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन्।

मियाँ साउन ३ गते चोरीको आरोपमा पक्राउ परेका थिए । प्रहरी थुनुवाबाट उनी फरार भएको बाराका डिएसपी रञ्जित राठौरले पुष्टि गरे। राठौरका अनुसार मेसमा खाना खान लागेकोबेला उनी पर्खाल नाघेर फरार भएका हुन्।

प्रदेश २ का सभामुख यादवको खल्तीबाट ५० हजार पकेट मारेर भाग्दै गरेको अवस्थामा स्थानीयवासीले मियाँलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यद्यपि डिएसपी राठौरले भने सभामुखकको पकेट मार्ने व्यक्ति मियाँ नै रहेकोबारे पुष्टि हुन नसकेको बताएका छन् ।

यता सभामुख यादवले सिम्रौनगढभन्दा केही पूर्व रानीबास मठ नजिक स्थानीयहरुसँग कुराकानी गरिरहेको बेला आफ्नो कुर्ताको खल्तीबाट ५० हजार रुपैयाँ पकेट मारेर फरार भएको बताएका छन्।

पक्राउ परेका उनीविरुद्ध जाहेरी दर्ता भएको र अदालतबाट प्रहरीले म्यादसमेत थप गरिसकेको सभामुख यादवले नेपाल समयलाई जानकारी दिए। सभामुख यादवका अनुसार मियाँको साथबाट बरामद भएको ५० हजार रुपैयाँसमेत प्रहरीको जिम्मामा छ।

‘साउन ३ गते भीडभाडमा स्थानीयहरुसँग कुराकानी गरिरहेको बेला मेरो पकेट मारेको त्यहाँ रहेका दुईजना युवकले देखेको रहेछ,’ सभामुख यादवले भने, ‘उनीहरुले ती पकेटमारलाई समाएर ल्याएपछि बल्ल मलाई थाह भयो पकेट मारिएको रहेछ भनेर । मेरो खल्तीबाट ५/५ सयको ५० हजार रुपैयाँ लिएर भागेको रहेछ।’

आफू हाटबजार घुम्न जाँदा सुरक्षाको कुनै बन्दोबस्त नदेखेको यादवले गुनासो गरेका छन्। पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दासमेत इलाका प्रहरी कार्यालयको इन्चार्जले खासै चासो नदेखाएको उनको भनाइ छ।

लापारबाही गर्ने इलाका प्रहरी कार्यालयका हवल्दार र एकजना सिपाहीसहित दुईजनालाई निलम्बन गरिएको डिआईजी प्रधुम्न कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।