बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्कूल विभाग प्रकरणः गौतमलाई अवसर, पोखरेललाई धक्का !

नेकपा स्कूल विभाग प्रकरणः गौतमलाई अवसर, पोखरेललाई धक्का !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैँ- २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै शीर्ष नेताले चुनाव जित्दा पनि तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका थिए । पार्टी एकीकरणपछि नेकपा सचिवालय सदस्यको भूमिकामा सीमित उनी त्यसयता राजनीतिक परिदृष्यमा धेरै देखिनन् ।

गत वर्ष गौतमलाई  कुनै 'रिक्त स्थान'बाट चुनाव लडाएर प्रतिनिधिसभामा ल्याउने प्रयासको चर्चाका कारण उनको लोकप्रियता ह्वात्तै घटेको थियो। त्यसयता गौतम झण्डै भूमिकाहिन अवस्थामा थिए। तर, पार्टी एकीकरणको टुंगो लगाउने क्रममा गौतमले नेकपाको संगठन विभाग प्रमुख पाउने सहमति बनेपछि भने उनको 'कमब्याक' जस्तै भएको छ। 

देशभरी आफ्नो क्षेत्र विस्तारमा महत्वपूर्ण मानिने नेकपाको संगठन विभाग पार्टीभित्र शक्तिशाली र महत्वपूर्ण निकाय हो। 

नेकपा एकीकरणको प्रक्रिया टुंगोमा पुग्दै गर्दा पार्टी स्कुल विभाग कसले लिने भन्नेमा दुई समूहबीच विवाद शुरु भएको छ । पूर्व एमाले पक्ष स्कूल विभाग रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेललाई जिम्मा लगाउने अडानमा छ भने पूर्व माओवादीले नाराणकाजी श्रेष्ठलाई अगाडि सारेको छ। 

पोखरेल तीनै व्यक्ति हुन जसले तत्कालीन एमालेको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद–जबज' लाई नै नेकपाको सिद्धान्त बनाइनुपर्छ भन्दै बहस अघि बढाउन खोजिरहेका छन् ।

जबकि, एमाले र माओवादीबीच एकीकरण हुँदा एमालेको जबज र माओवादीको 'एक्काइसौं शताब्दीको जनवाद' लाई एकता महाधिवेशनसम्म थाती राख्ने र पार्टीको सिद्धान्त 'समाजवादउन्मुख जनताको जनवाद' मान्ने भनिएको थियो ।

पोखरेलले जनताको बहुदलीय जनवादलाई छलफलमा लैजाने धारणा सार्वजनिक गरेपछि झस्किएका पूर्व माओवादी नेताहरु पार्टीभित्रको मर्यादा क्रममा पनि पोखरेलभन्दा माथि रहेका नारायणकाजी श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाइनु पर्ने अडानमा छन् ।
 
पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी नपाउँदा आगामी महाधिवेशनमा सफलता हासिल गर्ने ईश्वर पोखरेलको महत्वांकाक्षामा अवरोध आउनसक्छ । 
 
नेकपाका शीर्ष नेतामध्ये वरियताक्रममा केपी ओली पहिलो र दोस्रोमा पुष्पकमल दाहाल छन् । तेस्रो वरियताका माधवकुमार नेपालले आफूले रोजेको विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसैगरी चौथो वरियताका झलनाथ खनालले नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी रोजेका छन् भने पाँचौ वरियताका वामदेव गौतमले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । 

छैटौं स्थानमा रहेका नारायाणकाजी श्रेष्ठ र सातौंमा रहेका ईश्वर पोखरेलबीच भने स्कूल विभाग प्रमुख कसले हत्याउने भन्ने होड छ । अरु सबै नेताहरुले आफ्नो रोजाई अनुसारको विभाग पाएकोले अब रोज्ने पालो आफ्नो भन्दै श्रेष्ठले स्कुल विभागमा आफ्नो अडान राखेको एक नेताले बताए। 

पोखरेलले आफूलाई जबजलाई अगाडि बढाउने नेताका रुपमा स्थापित गरेर पार्टीको आगामी महाधिवेशनमा सफलता हासिल गर्ने योजना बनाएको उनी निकट नेताहरु बताउँछन् । तर, यदि स्कूल विभागको जिम्मेवारी पाएनन् भने उनको योजानमा ठूलो धक्का लाग्ने छ ।

तत्कालीन एमालेका निर्वाचित महासचिव रहिसकेका पोखरेलले पार्टी एकीकरणपश्चात उक्त पद पाएका थिएनन् उनलाई उछिने, नवौं स्थानमा रहेका विष्णु पौडेलले। सरकार गठनका बेला पनि पोखरेल अर्थमन्त्रीको आकांक्षी रहेको तर, प्रधानमन्त्री ओलीले उनी भन्दा 'जुनियर' युवराज खतिवडालाई अर्थमन्त्री बनाएको नेकपाकै नेताहरु बताउँछन्। 

अहिले स्कुल विभाग प्रकरणले पोखरेलेको राजनीतिक महत्वकांक्षालाई फेरि जटिल मोडमा ल्याइदिएको छ। उनलाई स्कुल विभाग प्रमुखको जिम्मेवारी नदिनकै लागि स्कुल विभाग विवादको चर्चा जानाजान बाहिर ल्याइएको पूर्व माओवादी निकट एक नेता बताउँछन् । 

एकीकरण प्रक्रिया टुंग्याउनका लागि स्कुल विभाग प्रम्ुख पाउनु पर्ने पूर्व माओवादी समूहको अडानमै सहमति भयो भने पोखरेलको राजनीतिक उडानमा बलियो अवरोध उत्पन्न हुनसक्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।