शुक्रबार, वैशाख १४, २०८१

अफ्गान युद्ध र काश्मिर बन्यो इमरान-ट्रम्पको भेट विशेष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वाशिङ्टन डिसी - भर्खरै मात्र पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पहिलो औपचारिक भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीका रुपमा चयन हुने बित्तिकै इमरान खानलाई एउटा स्थायी प्रकृतिको राजनीतिक तनावले सताइरहेको थियो। त्यो के थियो भने विगत १९ वर्षदेखी आफ्नो पश्चिमोत्तर छिमेकी राष्ट्र अफ्गानिस्तानमा चलिरहेको तालिवान विरुद्धको युद्ध कसरी अन्त्य गराउने?
 
अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन्। 

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ। पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन् गरेको आरोप लगाउँदै आएको छ। 

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर, अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अन्यौल नै छ।

अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । सन् २०१३ मा सार्वजनिक भएको एक पाकिस्तानी सरकारी गोप्य रिपोर्टमा बिन लादेन सन् २००२ देखि पाकिस्तानमा रहेको उल्लेख छ। अमेरिकाले सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेपछि नै उनी पाकिस्तान भागेको अनुमान गरिएको छ, र सन् २००५ अगष्टदेखि ओसामा अबोटाबादमा बस्दै आएका थिए।

अमेरिकी रणनीतिक ठेगानाहरुमा आत्मघाती  आक्रमणको मास्टर माइण्ड मानिएका  लादेन पाकिस्तानमा लुकेर बस्दा अनावश्यक अन्तर्राष्ट्रिय झमेला खेप्नु पर्ने झण्झट पाकिस्तानले खेप्दै आएको थियो । लादेनको गिरफ्तारी या हत्याले अफ्गान युद्धको अन्त्यले शिघ्रता पाउने पाकिस्तानी रणनीतिकारहरुको आंकलन पनि थियो। 

त्यसको अलावा पाकिस्तानले अफ्गान सीमा नजिकका आफ्ना ईलाकाहरुमा लुकिछिपी बस्दै आएका ठुलो संख्यामा तालिबानी लडाकु तथा तिनका कमाण्डरहरु विरुद्ध यथेष्ट  सैन्य कारबाही पनि गर्दै आएको छ । यस्ता कारबाहीले पाकिस्तानी सरकार र सेनाले निकै नै सामाजिक आलोचना खेपिरहेका छन्। अनावश्यक अमेरिकी गठवन्धन सेनालाई सघाएको भन्दै तिब्र भर्त्सना भइरहेको छ।

उनले उक्त युद्ध अन्त्य हुन किन पनि आवश्यक ठानेका थिए भने संधियारको घरमा आगलागी हुँदा आफ्नो घर पनि जल्ने कती डर हुन्छ त्यो उसैलाई मात्र थाहा हुन्छ जो त्यस हालतमा रहेको हुन्छ। ठीक त्यही डर प्रधानमन्त्री खानलाई छ । उनले हाल गरेको अमेरिकी भ्रमणका दौरान आफुले सके जती उक्त युद्ध अन्त्य गर्ने प्रयत्न गरिरहेको बुझिन्छ। 
 
खानले आफ्नो मुलुक दुईवटा दीर्घकालिन युद्धबाट घेरिएको बताउँदै पाकिस्तानी जनता निरन्तर युद्धको त्रास र अनिश्चयको भयबाट ग्रसित भइरहेको दुखेसो व्यक्त गरेका थिए। ति दुई युद्धहरु हुन्- अफ्गानिस्तानमा जारी तालिबान र आतंकवाद विरोधी युद्ध र अर्को काश्मीरमा जारी जातीय एवं साम्प्रदायिक हिंसा अनी सरकारी सैन्य कारबाहीहरु।

देख्दा सामान्य प्रकारको लाग्ने उनको भ्रमणले समग्र दक्षिण एसियाली राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरुलाई गिज्याएको छ । खानको यात्रा प्रकृयामा प्रयोग भएका सामान्य जनता सरहको  सुविधा उपयोग, पाकिस्तानी दुतावासको बसाई र उनने आफ्नो भ्रमण दलमा समेटेर लागेका ब्यक्तिहरु आदी सबै देख्दा एउटा अतिकम विकासशील मुलुकका नेताहरुले गर्नुपर्ने मितव्ययीताको प्रारुप प्रदर्शित भएका छन्।

अन्य पाकिस्तानी प्रमहरु भन्दा विलकुल भिन्न तवरले प्रस्तुत हुँदै खानले आफ्नो मुलुक र जनताले कहिल्यै पनि कसैसँग कुनै वैमनष्यता नराखेको र आफ्नो सम्प्रभूता रक्षार्थ आफ्नो मुलुकले प्रतिरक्षाका उपायहरु मात्र अपनाएको बताएका छन्। ट्रम्पसँगको महत्वपूर्ण भेटवार्ता पश्चात आयोजित पत्रकार सम्मेलनमा निकै खुलेर बोल्दै प्रम खानले अमेरिकासँग सम्भव भएसम्म सबै क्षेत्रमा आवश्यक सहकार्य गर्दै जाने प्रस्ट्याए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विगतमा लामो समयसम्म अमेरिका र पाकिस्तानबीच रणनीतिक साझेदारी भएको तर भर्खरैका केही वर्ष अघि दुई देशबीच सानातिना कुरामा असमझदारी भएको भए पनि खानको यस भ्रमणले ति सारा असमझदारी हटाइदिएको बताएका छन्। 

खानले शीतयुद्धका समयमा अमेरिकासँग ठूलो मात्रामा सामाजिक, आर्थिक एवं सामारिक क्षेत्रमा साझेदारी भएको ईतिहास स्मरण गराएका थिए भने राष्ट्रपति ट्रम्पले पनि आतंकवाद विरोधी युद्धमा पाकिस्तान अमेरिकासँग  सदैव अग्रमोर्चामा डटीरहेको कुरा दर्शाएका थिए।

खानले आफ्नो मुलुक दुईवटा दीर्घकालिन युद्धबाट घेरिएको बताउँदै पाकिस्तानी जनता निरन्तर युद्धको त्रास र अनिश्चयको भयबाट ग्रसित भइरहेको दुखेसो व्यक्त गरेका थिए। ति दुई युद्धहरु हुन्- अफ्गानिस्तानमा जारी तालिबान र आतंकवाद विरोधी युद्ध र अर्को काश्मीरमा जारी जातीय एवं साम्प्रदायिक हिंसा अनी सरकारी सैन्य कारबाहीहरु।
    
सोही अवसरमा राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तानबीच जारी सत्तरी वर्ष भन्दा लामो द्वन्द्वको अवस्थालाई अन्त्य गर्न आफुले सकेको मध्यस्थता गरिदिने पनि बताए। उनले भारत-पाकिस्तान शासित काश्मिर क्षेत्र अत्यन्तै सुन्दर भएको सुनेको तर आफु त्यहाँ नपुगेको बताए। यदी भारती र पाकिस्तान दुबै देशका प्रधानमन्त्रीलाई मान्य हुने भए आफु शान्ति वार्ताकारको भूमिका खेल्न समेत तयार रहेको उनले बताए।

खान आफ्नो मुलुक हाल चरम आर्थिक संकटबाट गुज्रिरहेका कारण सहयोग जुटाउन अमेरिका भ्रमणमा निस्केका हुन्। पाकिस्तान र अमेरिका बीच भएका सबै खाले मनमुटावको अन्त्य गर्दै दुई मुलुक बीचको सम्बन्धलाई नयाँ शिराबाट विकास गर्न खान प्रयासरत देखिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।