शुक्रबार, वैशाख १४, २०८१

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरीस जनसन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - बोरिस जनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेपछि उनी बेलायतका प्रधानमन्त्री बन्ने पक्का भएको हो।

दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णयका आधारमा बोरिस नयाँ प्रधानमन्त्री बन्ने भएका हुन्। बुधवार उनले मेको उत्तराधिकारीका रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन्।
 
लण्डनका पूर्व विदेश मन्त्रीसमेत बनिसकेका जनसनले ९२ हजार १ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरे ।

ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टेरिजा मेले संसद्‍मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन्। उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।