शनिबार, वैशाख १५, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा ‘गैरकानुनी रुपमा बनाइएका’ प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ। 

घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ। इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चारवटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए। फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ।

२. दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ। गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो। उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो।

३. अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट पारे। प्रधानमन्त्री खानले भने, ‘मलाई कसैले तालिबान खान पनि भने। मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ। म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु।’

४. अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन्।
फराह प्रान्त प्रान्तीय राजधानी फराह शहरको बाहिरी इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेका प्रहरी चौकीहरुमा आइतबार राती विद्रोही लडाकूहरुको आक्रमणपछि प्रहरीले गरेको कारबाहीमा परी १२ लडाकु मारिनुका साथै चार प्रहरीले पनि ज्यान गुमाएका छन्।  

५. भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र राज्यका सूचना आयोगहरुको स्वतन्त्रता समाप्त हुने बताएका छन्। उनले केन्द्र सरकारको उक्त कदम सही नभएको पनि बताए।
केन्द्र सरकारले यही जुलाई १९ मा सूचनाको हकसम्बन्धी विधेयक लोकसभामा पेश गरेको थियो। प्रस्तावित विधेयकमा सूचना आयुक्तहरुको पदावधि र तलब तोक्ने अधिकार केन्द्र सरकार मातहत रहने प्रस्ताव गरिएको छ। विपक्षी दलहरुले भने उक्त विधेयकप्रति विमती राख्दै सदन बहिस्कार गरेका थिए। संशोधन विधेयक सदनमा प्रस्तुत गर्नेसम्बन्धी विषयमा भएको मतदानमा २२४ जनाले पक्षमा र ९ जनाले विपक्षमा मतदान गरेका थिए।

६. कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन्। कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो। 
तर त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामक एक समाचार समितिलाई दिनुभएको अन्तर्वार्तामा बताएका छन्। आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूठो रहेको बताउँदै उहाँले भन्नुभएको छ– यो एकदमै भ्रामक समाचार हो, कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ। 

७. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन्। यस भ्रमणले ‘छिमेक पहिलो’ नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन्। 
दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ। गत महिना, भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गरेका थिए। यो उनको विदेश मन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो।

८. संयुक्त अरब एमिरेट्स, अबु धाबीका युवराज शेख मोहम्मद बिन जायद अल नह्यान हाल चीनको भ्रमणमा छन्। यसैबीच चिनियाँ राष्ट्रपति शि जिनपिङ्ग र युवराज नाह्यान बिच भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्ता चीनको राजधानी बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा सम्पन्न भएको थियो।  

९. चिनियाँ राज्य परिषदको सुचना केन्द्रले शिन्जियाङ्ग उइगुर स्वायत्त क्षेत्रसंग सम्बन्धित ऐतिहासिक कुराहरुलाई सम्बोधन गर्न गत आइतबार श्वेतपत्र जारी गरेको छ। 

१०. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असादले रुस र सिरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्ष गाँठको उपलक्ष्यमा आइतबार एक आसपसमा बधाई आदानप्रदान गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।