शुक्रबार, वैशाख १४, २०८१

‘नेकपा सत्ताको भोग विलासमा लाग्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 जनकपुरधाम- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण आन्दोलनको मर्म बिर्सेर नेकपा सत्ताको भोग विलासमा लिप्त भएको टिप्पणी गरेका छन्।

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता किरणले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको योगदान बिर्सेर सत्ता बिलासितामा डुब्नु दुःखद रहेको बताएका छन्।

‘जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलनको परिणामस्वरुप अहिलेको उपलब्धि हासिल भएको छ,’ उनले भने,‘तर आन्दोलनमा जनताले दिएको बलिदानीको कदर हुन सकेको छैन्।’ आफैले ल्याएको आन्दोलनको एजेण्डा नेकपा बिर्सेको उनको आरोप छ।

संविधानले सुरक्षित गरेको अधिकारलाई समेत अपाङ्ग बनाएर राज्य निरीह संघीय व्यवस्था लाद्नतर्फ उद्यत रहेको बताउँदै नेता किरणले आन्दोलनको मर्मविपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको जिकिर गरे।

वर्तमान सरकार यथास्थिति सोचबाट बाहिर आउन नसकेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी नरहेको दाबीसमेत गरे। कम्युनिस्ट पार्टी भएको भए सरकारले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने कार्य गर्दैनथ्यो उनको भनाइ थियो।

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु सरकारको भुल रहेको टिप्पणी गर्दै उनले आफूविरुद्ध हुने क्रियाकपलाप सह्न नसकेर सरकारले यस्तो कार्य गरेको बताए। यद्यपि विप्लब नेतृत्वको नेकपाको कार्यदिशा नैै अन्यौलमा रहेको टिप्पणी गरेका छन्।

वर्तमान अवस्थामा हतियारसहितको आन्दोलनको आवश्यक्ता नरहेको बताउँदै नेता किरणले परिस्थितिअनुसार सबै वर्ग, समुदायलाई समेटेर नयाँ उचाइका साथ आन्दोलन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।