शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकले ल्यायो नयाँ एप, विदेशी मुद्रा सटहीमा सहजता

प्रभु बैंकले ल्यायो नयाँ एप, विदेशी मुद्रा सटहीमा सहजता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रभु बैंक लिमिटेडले ग्राहकहरुका लागि एप्लीकेसन सार्वजनिक गरेको छ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने योजनासहित बैंकले ‘प्रभु इजी फोरेक्स’ एप सार्वजनिक गरेको हो।

बैंकले सोमबार एक विज्ञप्ती जारी गरी यसबारे जानकारी गराइएको छ। विज्ञप्तीमा भनिएको छ, ‘यसमा बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन प्रभु इजी फोरेक्स सञ्चालनमा ल्याएको छ।’

विज्ञप्तीमा भनिएको छ, ‘रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाई प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि ‘प्रभु इजी फोरेक्स’ एप्लीकेसन अति नै उपयोगी हुने विश्वास लिइएको छ।’ 

‘प्रभु इजी फोरेक्स’ मोवाइल एप हाल गुगलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ। साथै एप स्टोरमा समेत चाडै उपलब्ध हुने बैंकले जनाएको छ। 

उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ। आवेदकलाई बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्ने जनाइएको छ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्