शुक्रबार, वैशाख १४, २०८१

भारतले गर्‍यो चन्द्रयान- २ को प्रक्षेपण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- भारतले आफ्नो महत्वाकांक्षी चन्द्रमा मिशन प्रक्षेपण गरेको छ।

सोमबार भारतीय समयअनुसार २ बजेर ४३ मिनेटमा भारतीय अन्तरीक्ष केन्द्र इसरोले श्रीहरिकोटाबाट चन्द्रयान-२ सफल प्रक्षपण गरेको हो।

भारतले चन्द्रमामा जैविक वस्तुको खोजी गर्ने उद्देश्यसहित चन्द्रयान- २ प्रक्षेपण गरेको हो।

भारतको चन्द्रयान-२ चन्द्रमाको दक्षिणी ध्रुबमा आगामी सेप्टेम्बरको पहिलो हप्ता अवतरण गर्नेछ। वैज्ञानिकहरुका अनुसार चन्द्रमाको यो क्षेत्र निकै कठिन क्षेत्र हो। उक्त क्षेत्रमा पानी र जीवाश्मा फेला पर्न सक्ने वैज्ञानिकहरुको अनुमान छ।

पृथ्वीबाट चन्द्रमाको औसत दूरी ३ लाख ८४ हजार किलोमिटर छ। चन्द्रयानको ल्याण्डर ‘विक्रम’ ४८ दिनमा चन्द्रमामा अवतरण हुनेछ।

भारतले जीएसएलभी एमके ३ रकेट मार्फत् चन्द्रयान–२ चन्द्रमामा पठाएको हो। यो रकेट निकै अन्तरीक्ष यानका लागि शक्तिशाली 'भेहिकल' हो।

भारतले पहिलो चन्द्रयान-१ २००८ मा लञ्च गरेको थियो। उक्त यानले पनि चन्द्रमामा पानी खोज्ने उद्देश्य लिएको थियो। उक्त यान भने चन्द्रमाको सतहमा अवतरण गरेन।

भारतले १९६० को दशकमा अन्तरिक्ष कार्यक्रम सुरु गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।