शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • साउने सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड (फोटो/भिडियो)

साउने सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। 

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।



मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लागेको छ। बिहानैदेखि झरी परे पनि छाता ओढेर भक्तजन लाममा बसिरहेका छन्।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन्।


साउन भगवान् शिवलाई मनपर्ने महिना हो । त्यस्तै सोमबार शिवजीको प्रिय दिन हो। साउने सोमबारको अवसर पारेर देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।

शिवालयहरुमा हरियो, पहेंलो, रातो रङका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र शृंगारमा सजिएका नारीहरुको भीड लागेको छ।
यस्तै कतिपय शिवालयमा बोलबम तीर्थयात्रीको लर्को लागेको छ।



पहाड तथा काठमाडौंका धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन्। 

तराईमा साउन महिनाको पूर्णिमाको आसपासको १५ दिन मधुश्रावणीका रूपमा महिलाले मन्दिरमा गएर, चोखो फूल चढाएर व्रत बस्ने चलन छ । उमेरअनुसार मधुश्रावणी मनाउने उद्देश्य फरकफरक हुन्छ । 

विगतमा साउने सोमबारका दिन गरगहना, राम्रा साडी तथा टीका लगाई चोखो खाएर व्रत बस्ने चलन थियो। केही समययता टेलिभिजन तथा चलचित्रको प्रभावले गर्दा साउने सोमबारमा फेसन ट्रेन्ड पनि भित्रिएको देखिन्छ। 



राता, हरिया र पहेंला चुरा

विवाहित महिलाका लागि चुरा, पोते र टीकाको महत्त्व बढी हुन्छ। विवाहित भएपछि हरेक महिला एउटा भए पनि चुरा लगाएर हिँडेका हुन्छन्। पहिरनको रङसँग मिल्ने काँचका चुरा हातभरि लगाउँदा सौन्दर्यमा आकर्षण थपिन्छ। 

सोमबारको व्रत बस्ने महिला वा नबस्ने महिला नै किन नहून्, उनीहरू हातभरि हरिया चुरा एवं बालामा सजिएका देखिन्छन्। साउनमा दसैं, तीज तथा विवाहको लगनमा जत्तिकै चुरो व्यापार हुने व्यापारी बताउँछन्। 

विवाहित महिलाका लागि पोतेको महत्त्व विशेष छ। रातो साडीमा हरियो पोते लगाउँदा महिलाको सौन्दर्यमा थप वृद्धि हुन्छ। तीज एवं साउने सोमबारमा त पोते अनिवार्य नै भएको छ। केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले पोतेका डिजाइन र माला बनाई लगाउने चलन चलेको छ। 



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।