शनिबार, वैशाख १५, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. जापानमा माथिल्लो सदनका लागि आइतबार देशव्यापी मतदान भएको छ। यो निर्वाचनलाई प्रधानमन्त्री सिन्जे आवेको छ वर्ष छ महिनाको अहिलेसम्मको कार्यकालका बारेमा आम नागरिकको धारणा मापन गर्ने अवसरका रुपमा पनि हेरिएको छ।
मतदानका लागि देशभर ४७ हजार मतदान केन्द्र स्थापना गरिएको छ। स्थानीय समय अनुसारबिहान ०७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको मतपरिणाम सोमबार बिहान सार्वजनिक हुने अपेक्षा गरिएको छ। यस निर्वाचनबाट छानिने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुनेछ। कुल सदस्यमध्ये आधाको म्याद तीन वर्ष अगाडि सकिने भएकाले हरेक तीन÷तीन वर्षमा निर्वाचन हुनेछ।
२. बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ। 
बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ। नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन्। 
उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ। इरानको क्रान्तिकारी गार्डले अन्तर्रा्ष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो। स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ।
३. अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन्। देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ। 
‘तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,’ सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने। उनले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो। 

४. पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो। 
सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए। मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ। जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्नेक्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताउनुभयो। 
५. अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो। 
अमेरिकी फुटबल खेलाडी ३२ वर्षीय मिच पेट्र्युसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ। 
बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ। अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन्।
६. इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ। इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन्।  
७. बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले बेलायती यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताएका छन्।
आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको युरोपेली यूनियनबाट हुने बहिर्गमनमा विषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उनको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताएका छन्। उनले भने, ‘प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु।’ उनका अनुसार सम्भवत बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ।

८. इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गरी यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। 
तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक सङ्गठनका प्रमुखले बताउनुभएको उक्त टेलिभिजनले जनाएको छ। 
उक्त ट्याङ्करमा २३ चालक दलका सदस्य रहेका छन्। उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको नयाँ दिल्लीले जनाएको छ। बन्दर अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताए।

९. भीषण वर्षाले भारतको राजधानी नयाँ दिल्लीका विभिन्न स्थानहरुमा निकै ठूलो क्षति पुर्याएको छ। वर्षाको प्रतिक्षामा रहेका काकाकुल दिल्लीवासीहरुले भने यस वर्षालाई सडकमा निस्किएर निथ्रुक्कै भिजेर स्वागत गरेका छन्।

१०. चिनियाँ आयातकर्ताहरुले अमेरिकी वस्तुउपर चिनियाँ सरकारले लगाएका वाणिज्य करहरु खुकुलो पारिदिन अनुरोध गरेका छन्।
चिनियाँ उत्पादनलाई अमेरिकी बजारमा प्रवेश गर्नबाट रोक्नका लागि अमेरिकी सरकारले साबिकभन्दा धेरै करको मात्रा बढाएपछि यता चीनले पनि अमेरिकी उत्पादनमाथि समानान्तर ढंगले कर वृद्धि गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।