बिहीबार, वैशाख २०, २०८१

बुद्धमूर्ति तोडफोडको विरोधमा मौन र्‍याली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- सिद्धार्थराजमार्गमा राखिएको बुद्धको मुर्तिहरु तोडफोड भएका घटनाप्रति रुपन्देहीमा चौतर्फी विरोध भईरहेको छ।

विरोधकै क्रममा नागरिक अगुवाहरुको संस्था वीएमजी भैरहवाको नेतृत्वमा आइतबार भैरहवामा विभिन्न संघसंस्थाले मौन र्‍याली निकालेका छन्।

बुद्धचौंकबाट निस्कीएको मौन र्‍याली ब्रमेली टोल, नारायण स्थान, विद्रोही चोक, प्रहरी टोल, मिलन चोक, मैत्रीपथ हुदै जिल्ला प्रशासन कार्यलयमा पुगी ज्ञापनपत्र समेत बुझाएका छन्। 

ज्ञापनपत्र बुझाउदैं वीएमजीका संस्थापक अध्यक्ष विजय सागरले शान्तिका प्रतिक गौतम बुद्धको मुर्ति तोडफोड गर्नेहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न माग गरे।

ज्ञापनपत्र ग्रहण गर्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले रुपन्देहीको प्रहरी प्रशासन बुद्धमूर्ति तोडफोडमा संलग्नको खोजीमा सक्रियतापूर्वक लागेको बताए। उनले अपराधी छिट्टै पक्राउ पर्ने आश्वासन दिए।

वीएमजी भैरहवा, नेवाखल, शान्ति गुम्बा लगायत विभिन्न समूहले ज्ञापन पत्र बुझाएका थिए।

गत साउन १ गते राति भैरहवा बुटवल सडकखण्डको तिलोत्तमास्थित शंकर नगरदेखि नयामिलसम्मको डिभाईडरमा राखिएका ५ वटा बुद्धमूर्ति अज्ञात समूहले तोडफोड गरेको थियो। 

उक्त घटनालाई लिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पर्यटन मन्त्री लिला गिरीले सुरक्षा प्रमुखहरुसँग अलग अलग बैठक बसी तत्काल पक्राउ गर्न निर्देशन दिएका छन्। 

तर अहिलेसम्म घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन्। प्रहरीका अनुसार अज्ञात समूहले नियोजित रुपमा रडले हानेर उक्त मुर्तिहरु तोडफोड गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

रुपन्देही प्रहरीले डिएसपी भिमलाल भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।