शनिबार, वैशाख १५, २०८१

आदिवासी जनजाति महासंघको प्रदेश १ बन्दको प्रभाव न्युन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी : साउन ४ गते प्रदेश १ का १४ जिल्ला बन्द गर्ने नेपाल आदिवासी जनजाति महासंघ प्रदेश १ समन्वय समितिको कार्यक्रमको प्रभाव न्युन देखिएको छ।

शनिवार सरकारी तथा विभिन्न सार्वजनिक कार्यालयहरु बन्द रहे पनि निजी व्यापार, कलकारखाना तथा सवारीहरु निर्वाध चलेका थिए। 

संघीयताको मूल मर्म र समानुपातिक समावेसी सिद्धान्त विपरित प्रकाशित गरिएको भनिएको लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा महासंघले प्रदेश १ बन्दमा बन्द आह्वान गरेको थियो।
बन्द भनिए पनि पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण राजमार्ग तथा भित्रि सडकहरुमा सवारी निर्वाध चलेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। 

आन्दोलनरत नेताहरु पक्राउ 

इटहरीमा बिहान बजार बन्द गराउन आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम मान्डुपा राई लगायतको समुह सक्रिय भएको थियो। तर, राई लगायतका १५ जनजाति महासंघका नेता तथा कार्यकर्ताहरुलाइ इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको डिएसपी समिरचन्द्र खरेलले बताए।

डिएसपी खरेलले बजार बन्द गराउदै हिड्ने १५ जनालाइ पक्राउ गरेको बताए। बिहान साढे नौ बजे आफूहरुलाइ पक्राउ गरेको राम मान्डुपा राईले बताए। मनशान्त होटलदेखि र्‍यालि लिएर बजार बन्द गराउने क्रममा प्रहरीले पक्राउ गरेको राईले बताए। 

महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राई, जनजाति महासंघ सम्बद्ध अशोक चेम्जोङ, पेम्बा शेर्पा, मनोहर लिम्बु, दिलिप गुरुङ, राम रोहन चौधरी लगायतका आदिवासी अभियन्ताहरु पक्राउ परेको महासंघले बताएको छ। पक्राउ परेकाहरुलाइ साँझ ५ बजेपछि छाडिएको इटहरी प्रहरीले बताएको छ। 

आन्दोलनकारीलाइ पक्राउ गरेको भन्दै आदिवासी जनजाति महासंघ सम्बद्धहरुले इटहरीमा साँझ बिरोध जुलुस निकालेका थिए। साँझ ६ बजे कोणसभा गरेर कार्यक्रम समापन गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। 

बजार बन्द गराउनेलाइ पक्राउ गरेपछि आन्दोलनकारीहरु आक्रोसित भएका थिए। उनीहरुलाइ प्रहरीले धरपकड समेत गरेको आन्दोलनमा सक्रिय राम कुमार राईले सामाजीक संजालमा लेखेका छन। राईको टिसर्ट च्यातिनेगरि प्रहरीले दमन गरेको उनले बताए। 

आन्दोलन रुपमा सफल भएको छः नेता राई

शनिबारको बन्द कार्यक्रम सफल भएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। एकैचोटी जनता उठ्ने काम कुनै पनि समयमा नभएकोले शनिबारको कार्यक्रम सांकेतिक रुपमा सफल भएको उनले बताए। 

स्थानीय, प्रदेश र संघ सरकार आएपछिको पहिलो कार्यक्रम भएकाले प्रभावकारी नभएको र धेरैलाइ लोकसेवाको जानकारी पनि नभएकाले आन्दोलनको बुझाइमा केही समस्या भएको राईले बताए। उनले भने, ‘आर्मी निस्कन पनि गाह्रो हुन्छ। जनतालाइ निक्लन गाह्रो हुन्छ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।