शुक्रबार, वैशाख १४, २०८१

पार्टी विभाजनबाट एमालेलाई क्षति पुग्न नदिन राजीनामा : राई

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी विभाजनबाट नेकपा एमालेलाई क्षति पुग्न नदिन पदबाट राजीनामा दिएको बताएका छन् ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

triton college
corrent noodles
Metro Mart

विराटनगर– प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी विभाजनबाट नेकपा एमालेलाई क्षति पुग्न नदिन पदबाट राजीनामा दिएको बताएका छन् ।

देशमा संघीयता लागु भएपछि पाँच वर्षे कार्यकालको लागि पहिलो मुख्यमन्त्रीमा निर्वाचित भए पनि देशको विकसित राजनीतिक परिस्थिती, पार्टीभित्र देखा परेको बिग्रह, टुटफुट त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा एमालेलाई क्षति पुग्न नदिन, सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देशकै ठूलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारलाई कमजोर हुन नदिन राजीनामा दिएको उनले तर्क गरे।

पार्टी नेतृत्वको विश्वास, साथ र सर्मथन अनि आफूले  नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहँदा रहँदै पनि प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस्, पार्टी एकताको पक्ष मजबुत होस्, पार्टीभित्र उत्पन्न समस्याको ठोस समाधानका लागि कार्यन्वयनमा ल्याइएको १० बुँदे सहमतिलाई अक्षरशः पालना गर्न र गराउनको लागि पद त्यागको निश्कर्षमा पुगेको निवर्तमान मुख्यमन्त्री राईको भनाइ छ। आफ्नो प्रस्तावमा नेता आचार्यलाई दोश्रो मुख्यमन्त्रीमा चयन गरिएको उनले बताए ।  


प्रकाशित: Aug 26, 2021| 17:31 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।