बुधबार, वैशाख २६, २०८१

बाढीपहिरोले भत्किएका यी सडक अझै खुलेनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडैं- अविरल वर्षापछिको बाढी, पहिरो, डुबान र कटानका कारण क्षति पुगेका करिब आधा दर्जन सडक अझै खुल्न सकेका छैनन् । 

विच्छेद भएको सडक सञ्जाललाई पूर्ववत अवस्थामा ल्याउन पुनः निर्माणको काम तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिले पनि अवरुद्ध रहेको उदयपुरको गाईघाट–खोटाङ, कटारी–ओखलढुङ्गा, जयराम घाट–घुर्मीसम्म, महोत्तरी–जनकपुर–जलेश्वर (भाप्सी खोला डाइभर्सन) खुलाउने प्रयास जारी रहेको जनाएको छ । 

यस्तै मेची राजमार्ग, कान्तिलोकपथ (हेटौंडा), बेनी–जोमसोम, लमजुङको बेँसीशहर–चामे सडकखण्ड, कुलेखानी–फाखेल–फर्पिङ सडक, ईन्द्रसरोवर–फाखेल–काठमाडौँ मार्ग तथा साघारादेखि सिराहा जाने हुलाकी राजमार्गको क्षति भएको क्षेत्रमा पनि पुनःनिर्माणको काम जारी रहेको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । 

उनका अनुसार सिन्धुलीको मध्यपहाडी लोकमार्ग विहीबारबाट एकतर्फी खुलेको छ । डुबान प्रभावित जिल्ला सप्तरी, सिराहा, महोत्तरी, धनुषा, रौतहटका भित्री सडकमा समेत ठूलो क्षति भएकाले पुनःनिर्माणको काम जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था तथा सम्बन्धित सडक आयोजनाका अधिकारीहरु सडक निर्माणमा खटिएका छन् । पहाडी क्षेत्रमा पहिरो खसेकाले पहिरो पन्छाउने काम जारी छ भने तराई क्षेत्रमा कटानको समस्या रहेकाले नदी किनारमा तटबन्ध गर्ने तथा अन्य भत्किएको सडक र पुल मर्मतको काम जारी छ । 

गृह मन्त्रालयका अनुसार अवरुद्ध विद्युत् र सञ्चारलाई पुरानै अवस्थामा फर्काउने कामलाई तीव्रता दिइएको छ । धेरैजसो स्थानमा विद्युत् सञ्चालन गरिसकिएको र नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट प्रवाह गरिएको जनाइएको छ । 

भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको छ । रौतहटमा पनि पानी निकासा गरिएको, कोशी बाँधको लागि पनि निरन्तर समन्वय भइरहेको र लक्ष्मणपुर बाँधको स्थिति सामान्य रहेको सरकराले जनाएको छ । 

केन्द्रका अनुसार जिल्ला र स्थानीय तहबाट समन्वयात्मक रुपले सम्बन्धित ठाउँका वडाध्यक्ष, रेडक्रस प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले तथ्याङ्क सङ्कलनसमेत गरिरहेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।