शनिबार, वैशाख १५, २०८१

पूर्वराजाको सम्पत्तिमा यती एयरको हालीमुहाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नयाँ पत्रिकाले पूर्वराजाको सम्पितमा यती एयरले हालिमुहाली गरेको विषयलाई मुख्य समाचार बनाएको छ । यती एयरलाइन्सकै कारण नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै विस्थापित भएको छ ।
 
नारायणहिटीको ठीक अगाडी दरबारमार्गमा रहेको नेपाल ट्रस्ट केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालीले ३० वर्षका लागि लिजमा पाएको छ ।

दरबारमार्ग जस्तो प्राइम लोकसनमा रहेको एक रोपनी १४ आना जग्गाबाट ट्रस्टले मासिक भाडा जम्मा ४ लाख १६ हजार ६ सय रुपैयाँ मात्रै पाउने गरेको समाचारमा उल्लेख छ ।

यस्तै ट्रस्टको २ हजार ९ सय ७१ रोपनी जग्गा गोकर्ण रिसोर्ट र गल्फ कोर्सका लागि मासिक प्रतिरोपानी जम्मा ७ सय ४६ रुपैयाँ भाडामा दिइएको छ ।

ट्रस्टसँग २१ हजार ५ सय ६२ रोपानी जग्गा र घरहरु छन् तर आम्दानी भने जम्मा मासिक ८२ लाख मात्रै रहेको समचारमा जनाइएको छ ।

यस्तै नयाँ पत्रिकाले आँगनको फूल टिपेको निहुँमा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकलाई कानको जाली फुट्ने गरी पिटेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका भरत घर्तीलाई वडाध्यक्ष सार्कीले कुटेका हुन् । वडाध्यक्ष सार्कीले पनि भरतलाई कुटेको स्विकारेको समाचारमा उल्लेख छ ।

धनगढीमा भएको विस्फोटको खबरलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ । यसै विषयलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । चन्द कार्यकर्ताले बोकेको बम विस्फोट शीर्षकमा उसले खबर लेखेको छ ।

धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोट हुँदा ५ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर छ । होटलमा चिया पिउने क्रममा विप्लवका कायकर्ताले बोकेको बम पड्किएको प्रहरीले जनाएको छ ।
 
झोला भित्र टिफिनमा बम बोकेर हिडेको अवस्थामा बम कन्टेनरमा च्यापिदा विस्फोट भएको प्रहरीको अनुमान छ । विस्फोटमा परेर होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएका  छन् । सिंह र सेरालीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । 

यस्तै कान्तिपुरले जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ।
 
काठमाडौंको सिनामंगलमा रहेको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । काठमाडौं मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं. ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने गायब पारिएको समाचारमा जनाइएको छ ।
 
सिनामंगलको फाँटमा वाग्मती खोला पसेपछि गुठी संस्थानले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलाई विभिन्न मुद्दा मामिला गरेर नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए ।

सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर रहेको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने गण्डकीमा पर्यटक बढेको, धनगढी विस्फोटको र पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहन बस्नेतको स्रोत नखुलेको ६१ करोड रुपैयाँ सहकारीमा भेटिएको खबरलाई पहिलो पृष्ठमा छापेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।