शुक्रबार, वैशाख १४, २०८१

मेयरले गाडी किन्न खोज्दा बजेट पारित भएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - बैतडीको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले आफ्नो लागि विलासी गाडी खरिद गर्न बजेट विनियोजन गरेको विषयमा अरु जनप्रतिनिधिले विरोध जनाउँदा नगरपालिकाको बजेट पारित हुन सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समय सीमाभन्दा ढिलो गरी असार ३१ मा नगरसभामा बजेट प्रस्तुत गरेको नगरपालिकाले जनप्रतिनिधिबीचको लफडाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट पारित हुन नसकेको हो।

मेयर चन्दले आफ्नो लागि विलासी गाडी खरिदका लागि बजेट विनीयोजन गरेको भन्दै नेकपाका ३८ जना कार्यपालिका सदस्यले संशोधन गर्न माग गरेका थिए। तर, नगर प्रमुख चन्दले बजेट संशोधन गर्न नसकिने भन्दै सभा स्थगित नै नगरी हिँडेको आरोप लागेको छ। पाटन नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष लोकबहादुर भण्डारीले नगर प्रमुख चन्दले विलासी गाडी खरिद, जेसीबी खरिद र पेट्रोल पप्प सञ्चालन गर्ने भन्दै तीन करोड बजेट छुट्याइएपछि विवाद भएको बताए।

भण्डारीले नगरपालिकासंग नगर प्रमुखले चढ्ने गाडी र जेसिबी भएपनि पुनः खरिद गर्ने भन्दै बजेट विनियोजन गरिएपछि ३८ जना बहुमत कार्यपालिका सदस्यले संशोधनको माग गरेको बताए। नगर प्रमुख चन्दले भने कार्यपालिका सदस्यहरुले बहुमतको दम्भ देखाएको बताए। 

चन्दले नगरपालिकाको आवश्यकता भएकै कारण जेसिबी, गाडी खरिद र पेट्रोल पप्प सञ्चालनका लागि बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। नगरपालिकाले असार ३१ गते ५२ करोड ४८ लाख बराबरको बजेट ल्याएको थियो। पाटन नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भए पनि कार्यपालिकामा भने नेकपाको बहुमत छ। 

५५ जना कार्यपालिका सदस्य मध्ये ३८ जना नेकपा र १७ जना नेपाली कांग्रेसका कार्यपालिका सदस्य छन्। गत वर्ष पनि बजेटमा विवाद भएपछि असोजमा मात्रै पारित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।