शुक्रबार, वैशाख १४, २०८१

पर्यटन वर्ष लक्षित गीत ‘जय जन्मभूमि जय सिन्धुभूमि’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चौतारा - पर्यटन वर्ष २०२० का लागि वरिष्ठ गायक प्रेमध्वज प्रधानसहितको स्वरमा रेकर्ड भएको गीत सार्वजनिक भएको छ। प्रधानसँगै चन्द्रसिंह घले र मीना सिंहले स्वरबद्ध गरेको जय जन्मभूमि जय सिन्धुभूमि सार्वजनिक गरिएको हो।

सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लक्षित सिन्धुपाल्चोक चिनाउने गीतलाई एसियन म्युजिकले बजारमा ल्याएको छ। पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले गीति वृत्तचित्र निर्माण गरेको हो। पर्यटन वर्षमा नेपालमा २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई साथ दिँदै गीत निर्माण गरिएको हो। शब्द र दृश्यमार्फत जिल्लाका प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार गरिएकाले पर्यटक आकर्षणमा सहयोग पुग्ने निर्माण पक्षको दाबी छ।

वृत्तचित्रभित्र समावेश सिन्धुपाल्चोक चिनाउने गीत सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका छन्। एक साता लगाएर गीति वृत्तचित्रका लागि दृष्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन्। सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र वृत्तचित्रको निर्देशन गरेका हुन्।

पर्यटक भित्र्याउनका लागि जिल्लाको सुन्दर तथा ऐतिहासिक पक्षहरुलाई दृश्यमा समावेश गरिएको छ। गीतमा जिल्लामा रहेका जातजाति, भाषा संस्कृतिलाई समेत भिडियोमा समावेश गरिएको छ। सरकारले घोषणा गरेको पर्यटन वर्षमा सञ्चारमाध्यमका तर्फबाट आफ्नो जिल्लाको प्रचारका लागि गीति वृत्तचित्र निर्माण गरिएको ओखरेनी साप्ताहिकका प्रकाशक सम्पादक अमित घिमिरेले जानकारी दिए। ‘नेपाल चिनाउन हामी आफूहरुको पनि कर्तव्य हो,’ अमितले भने, ‘सरकारलाई साथ दिँदै आफ्नो पनि कर्तव्य भएकाले वृत्तचित्र निर्माण गरेका छौं।’

बृत्तचित्रको गीतको शब्द र दृश्यमा जिल्लामा घुम्नलायक स्थानहरुको वर्णन गरिएको रचनाकार तथा ओखरेनी साप्ताहिकका समाचार संयोजक किशोर बुढाथोकीले बताए उनले भने, ‘भिडियोमा हालै पहिलोपटक सफल आरोहण भएको जुगल हिमशृंखलादेखि पाँचपोखरी, आमायांग्री, गौराती, नौलिंगेश्वर महादेवसहित इन्द्रावती तीर समावेश छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्