शुक्रबार, वैशाख १४, २०८१

पूर्वमन्त्री बस्नेतको ६१ करोडको 'कालो धन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पछिल्लो समयमा राजनीतिमा लागेको व्यक्तिहरुको सम्पत्ति छानबिन गरी सार्वजनिक गरिरहेको सम्पत्ति शुद्धीकरण विभागले कांग्रेस नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको छ।

बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थालेको हो।

सहकारीले पूर्वमन्त्री बस्नेतका नाममा रहेको सो निक्षेपको स्रोत नदेखिएपछि नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी एकाइमा पठाएको थियो।

वित्तीय जानकारी एकाइले सम्पत्ति शुद्धीकरण विभागमा सो जानकारी पठाएर अनुसन्धानका लागि आग्रह गरेपछि विभागले अनुसन्धान थालेको हो।

विभागका सूचना अधिकृत विनोद लामिछानेले भने अनुसन्धान सधैं गोप्य हुने भएकाले बस्नेतको विषयमा मिडियासँग बोल्न नमिल्ने बताए।

त्यस्तै सहकारी विभागका रजिस्ट्रार टोकराज पाण्डेका अनुसार बस्नेतको भेटिएको भनिएको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ रोक्काका लागि कुनै पनि पत्र विभागबाट लेखिएको छैन। यसबारे विभाग जानकारसमेत नरहेको पाण्डेले स्पष्ट पारे। 

पछिल्लो समयमा सहकारीमा पनि कालो धन हुनसक्ने भन्दै सहकारी विभागले २०७४ मा माघ १५ गते सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गरी लागू गरेको थियो।

सो निर्देशिकाबमोजिम एकैपटक ३० लाखभन्दा बढी रकम कोही कसैले राखेको पाइएमा वित्तीय जानकारी एकाइमा सूचना दिनुपर्ने हुन्छ। बस्नेत सिन्धुपाल्चोक जिल्लाका पूर्वसांसद पनि हुन्। उनको चिनियाँ व्यापारीसँग निकै घनिष्ट सम्बन्ध रहेको छ। यस्तै चीनमा व्यापार गर्ने सिन्धुपाल्चोकका व्यापारीसँग पनि घनिष्ट सम्बन्ध छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।