शनिबार, वैशाख १५, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. श्रीलंकामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन् । उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ । उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ । 
Image result for Sri lanka water crisis
२. अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा सेनाले शुरु गरेको कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । 
हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

३. सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एकजना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुईजना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए ।

अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । 

४. दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । 
मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । 

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भीषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । 
त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । 

५. भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । 
पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ ।

६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताएका छन् ।

टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू बिमान बेच्दैनौं ।’

७. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेका छन् । लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गरेका हुन् ।

८. जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन् ।
Image result for ursula von der leyen
९. विश्वको दोस्रो धनी व्यक्तिका रुपमा बिल गेट्सलाई पछि पार्दै बर्नाड अर्नोल्ट उदाएका छन् । ‘फ्रान्सका ७० वर्षीय अर्नोल्ट ‘लक्जरी गुड्स’ कम्पनीका प्रमुख हुन् । अब संसारको दोस्रो धनी बिल गेट्स तेस्रो नम्बरमा आएका छन् । अर्नोल्टको कम्पनीको शेयर १.३८ प्रतिशतले वृद्ध भएको छ, उनले कुल सम्पत्ति १०८ अर्ब अमेरिकी डलर पुगेको छ ।

१०. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिहरु अति जातिवादी र सामाजिक विखण्डनकारी भाबले भरिएको हुनाले रिपब्लिकन पार्टी मै उनीविरुद्ध ठूलो अविश्वासको अवस्था सिर्जना भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।