बुधबार, वैशाख २६, २०८१

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकमाथि लाठी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - आन्दोलनरत शिक्षकमाथि जनकपुरमा लाठी चार्ज भएको छ। विगत केही दिनदेखि आन्दोलन गरिरहेका अस्थायी शिक्षकमाथि मुख्यमन्त्री कार्यालयअगाडि बुधबार लाठी चार्ज भएको हो।

विगत १२ दिनदेखि अस्थायी शिक्षक आन्दोलन परिचालन समितिको अगुवाइमा धर्नामा बसेका शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि चक्काजाम गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

प्रहरीले शिक्षकमाथि लाठीचार्ज गर्नुका साथै धडपकडसमेत गरेको छ। धर्नामा बसेका शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, मुकेश तिवारीलगायतका शिक्षकलाई प्रहरीले पक्राउ गरेको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्रकुमार यादवले बताएका छन्।

मुख्यमन्त्रीसहेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म कुनै पहल नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको संयोजक यादवको भनाइ छ। धर्नास्थल पुगेर समस्या समाधान गर्ने आश्वासन दिए पनि मुख्यमन्त्रीकै निर्देशनमा आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको उनको आरोप छ।

जागिरबाट निकालिएका अस्थायी शिक्षकहरुलाई उमेर हदसम्म पेसाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरु १९ असारढदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आइरहेका छन्। जीवनको महत्त्वपूर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।